धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

२०८० फाल्गुण ५ शनिबार
बिहान ०९:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् । 

दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र रँजीत रामले नयाँ एसपी हाजिर नहुँदै पुराना एसपी सरुवाको भरपुर लाभ उठाउन थालेका छन् । दक्षिणी धनुषाको विभिन्न नाकाबाट हुने मदिरा तस्करीमा यी दुवै घुमुवाले सेटिँग मिलाउने गरेका छन् । 

सशस्त्र प्रहरी बल मुख्यालयले केही दिन अघि मात्रै एसपीहरूको सरूवा गरेको छ । यो सरूवामा धनुषा स्थित ८ नम्बर गणका एसपी पनि परिवर्तन भएका छन् ।

एसपी दिनेश मल्ल सरूवा भएर दर्शन गिरीको पोष्टिङ भएको छ । पुरानो एसपी जाने र नयाँ एसपी आउने तयारी भैरहदा भने गणबाट परिचालित घुमुवा सिपाही सुरेन्द्र कुशवाहा र रँजीत रामले मदिरा पक्राउ गरेर छोडेका छन् । 

नगराईन नगरपालिकाको फुलगांवाको क्षेत्रबाट उनले मोटरसाइकल सहितको मदिरा पक्राउ गरेका थिए । तर, उनले लगत्तै आर्थिक लेनदेनमा छोडिदिएका छन् ।  

स्रोतका अनुसार, उनले २० हजार रुपैयाँ लिएर मोटरसाइकल सहितको मदिरा छोडेको हो । यस सम्बन्धि जानकारी गण र बाहिनीमा समेत पुगेको थाहा भएको छ। गणबाट अहिले सिपाहीहरू सुरेन्द्र कुशवाहा र सन्जित राम घुमुवाको रूपमा परिचालन गरिएका छन् ।

सशस्त्र बेस क्याम्पका सुरेन्द्र मण्डल घुमुवा रुपमा परिचालन सशस्त्रका साहयक हवलदार पक्राउ परेका सरसामान पैसा लिएर छाडेको आरोप लागदै आएका छन तर निकायले छानबिन नगरी उनलाई उन्मुक्ति दिएको बुझिन्छ । 

सशस्त्रका  साहयक हवलदार मण्डल उठाउने धन्दामा माहिर छन । मालसामान समाएपछि छाडने पहुँचको भरमा असुली गरिरहेका स्रोत अनुसार भन्सारको आफू घुमुवा भन्दै जिल्लाभरिको पैसा उठाउने तल्लीन छ ।

सशस्त्र प्रहरीका सहायक हवलदार सुरेन्द्र मण्डल विगत ५ वर्षदेखि धनुषामा कार्यरत छन् । उनले धनुषामा हाजिरी भएकोदेखि सदा पोशाक घुमिरहेका छन् । उनको घर पनि धनुषा भएकाले जुन ठाउँमा गए उनलाई इन्चार्जले सादा पोशाकमा खटाउने गरेका छन् । 
धनुषाको सिमानाकाका बारेमा जानकार रहेका सहायक हवलदार मण्डललाई इन्चार्जले सजिलै पत्याएर उनलाई तस्करसँग पैसा उठाउने काममा खटाउने गरेका छन् ।
धनुषाको सशस्त्र बेस क्याम्प यदुकूहा,सोनिगमा र धनौजीमा घुमुवा बसेर अनुभव बटुलेका मण्डल हाल सशस्त्र बेस क्याम्प जनकपुर भन्सार कार्यालयबाट घुमुवाको रुपमा कार्यरत छन् |

यसबारे घुमुवा सुरेन्द्र मण्डलसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।

  • 14%
  • 14%
  • 14%
  • 0%
  • 0%
  • 29%

वडाध्यक्ष निरालालाई भोलीसम्म रिहा गरेन भने पाँच सय बढी जनता गिरफ्तारी दिन्छौँ : सँयोजक भण्डारी

  • २०८० फाल्गुण ५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको बेतिथि विरुद्ध प्रदर्शनमा गएका सोही नगरपालिकाका निर्वाचित वडाध्यक्ष उमेश कुमार निरालालाई प्रहरीले पक्राउ गरेको भन्दै अविलम्ब रिहाईको माग गरेको छ ।  शहिदनगरको सर्वदलिय संघर्ष

पूरा पढ्नुहोस्

Bureau Menus