
न्यूज ब्यूरो, रौतहट । नेकपा एमाले रौतहटको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरिएको छ।
सार्वजनिक नतिजा अनुसार अध्यक्षमा सचिदानन्द साह निर्वाचित हुनु भएका छन् । साहले कुल १९३ मत ल्याएर निर्वाचित भएका छन् भने, उनका निकिटम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मत ल्याएका हुन् ।
यस्तै, उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा ६ जनाका उम्मेदवारी दर्ता रहेको थियो । पटेलका निकटम प्रतिद्वन्दी सुरेश राई यादवले ८९ मत ल्याएर पराजित भएका हुन् भने, मनिलाल सहनी ४४ मत, चन्दन कुमार कुशवाहा ३७ मत, उपेन्द्र राई यादव ३१ मत, राम अशिष साह तेली १२ मत ल्याएर पराजित भएका हुन् ।
यस्तै सचिव पदको उम्मेदवार बाबुराम दाहाल निर्वाचित भएका छन् । दाहाल २०२ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन् भने उनका निकटम प्रतिद्वन्दी शिवप्रसाद आचार्य १४७ मत ल्याएर पराजित बेहोरेका छन् ।
यस्तै उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन् । उपसचिव पदमा पाँच जनाको उम्मेदवारी रहेको थियो ।
यादव १२९ मत ल्याएर निर्वाचित भएको छ, भने उनका निकटम प्रतिद्वन्दी अशोक कुमार पहाडी ७५ मत, फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मत ल्याएर पराजित भएका हुन् । एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ ।
सोमबार पार्टी कार्यालय गरुडामा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ मत मात्र खसेको थियो ।
धनुषाधाम नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा
- २०८० फाल्गुण २ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।
पूरा पढ्नुहोस्