न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यमन्त्री बीरेन्द्र सिँहले धनुषाको डुमरिया अस्पताल चाँडै सँचालनमा आउने बताएका छन् ।
सोमबार मन्त्री सिँहले शहिदनगर नगरपालिका वडा नं. ८ स्थित निर्माण गरि राखिएको शहिद सूर्यनाथ रान स्मृति जिल्ला अस्पतालमा अनुगमन गर्दै उनले चाँडै अस्पताल सँचालन हुने बताए ।
भवन निर्माण भई नै सकेको छ, बेड, एक्सरे मेसिन, ल्याब लगायतका उपकरण र कर्मचारी व्यवस्थापन प्रक्रिया पुरा गरे चाँडै नै सञ्चालनमा आउने उनले बताए ।
नेपाली काँग्रेसका पुराना नेता, युवा नेतासहित साँसद र प्रदेश सचिव डा. प्रमोद यादवसहितको टोलीले अनुमगन गर्दै खाँचो र मेसिनको बारेमा जानकारी लिदै चाँडै सँचालनमा आउने बताएको हो ।
डुमरियास्थित निर्माण गरी थाँती राखिएको सो जिल्ला अस्पताल सँचालनमा आएपछि कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका र जनकनन्दिनी गाउँपालिकावासीको लागि लाईफलाईन बन्नेछ ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८० फाल्गुण १ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्