भोली छैन सार्वजनिक विदा

२०८० माघ २९ सोमबार
बेलुकी ५:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष फागुन १ गतेको दिन सरकारले दिँदै आएको सार्वजनिक विदा यसपाली भने नदिने भएको छ । 

गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलिको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ ।

यसअघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सरस्वति पूजामा राराब कलेजमा नृत्य प्रतियोगिताका विजेताहरुलाई सम्मान 

  • २०८० माघ २९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । करिब डेढ दशकपछि जनकपुरको राराब कलेजमा मनाइएको विशेष सरस्वति पूजनको क्रममा गराईएको नृत्य प्रतियोगिताको बिजेताहरुलाई सम्मान वितरण गरिएको छ । गत फागुन २ गते परेको सरस्वति पूजाको

पूरा पढ्नुहोस्

Bureau Menus