सिरहामा धम्काउँदै गर्दा कटुवा पेस्तोलसहित यादव पक्राउ 

२०८० माघ २९ सोमबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक युवकलाई धम्काउँदै गर्दा कटुवा पेस्तोलसहित युवक पक्राउ परेका छन् । 

शनिबार बेलुकी ९ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर ७ सल्हेश मन्दिरस्थित विवाद भईरहेको खवर पाएलगत्तै वडा प्रहरी कार्यालय सिरहाबाट ईन्चार्ज अमित रायको कमाण्डमा गएको टोलीले खान तलासी गर्दा युवकसँग पेस्तोल बरामद भएको हो ।

विवाद भईरहेको स्थलमा ईन्चार्ज रायले विवाद गरिरहेका सिरहाकै औरही गाउँपालिका वडा नम्बर ४ कमलपुर बस्ने २० बर्षिय सरोजकुमार यादवलाई हतियारसहित पक्राउ गरेको हो । 

औरही गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष २२ को संजित कुमार यादव र उनकी बहिनि १८ बर्षिया संजिता यादव डेरामा बसिरहेको अवस्थामा सरोजयादवले धम्काउँदै गर्दा प्रहरीलाई खवर गरेको थियो ।

स्थानीय राम पुकार शर्माको घरमा डेरा गरी पढ्न बसेका भाईबहिनीलाई  सरोज कुमार यादवले के–कुन कारण उनीहरुको डेरामा वादविवाद गरी रहेको बुझ्न जाँदा शँका लागेर खानतलासी गरेपछि कटुवा पेस्तोल बरामद भएको ईन्चार्ज रायले जानकारी दिए । 

यादवलाई पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जनाईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाले हटाएको स्वास्थ्य शाखा प्रमुख मण्डललाई अदालत गरे स्थापित 

  • २०८० माघ २९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुखबाट हटाईएका कर्मचारी गौरीशँकर मण्डललाई अदालत पुनः स्थापित गर्न अन्तरिम आदेश दिएको छ ।  मण्डललाई स्वास्थ्य शाखा प्रमुखबाट हटाएर उमेर साहलाई स्वास्थ्य

पूरा पढ्नुहोस्

Bureau Menus