बलात्कार आरोपमा थुनुवामा रहेका कैदी शौँचालयमा मृत फेला 

२०८० माघ २८ आइतबार
रति ८:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज ।  बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् ।

राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेको कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।

उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो । गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएक थिए ।

हनुमाननगर कंकालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेको पीडितका बुवाको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो ।

पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताए । परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने उनले जानकारी दिए ।

  • 60%
  • 0%
  • 0%
  • 0%
  • 20%
  • 0%

भारती जस्तै 'आरती' लाई पनि न्याय देउ सरकार !

  • २०८० माघ २८ आइतबार

सम्पादकीय । न्याय व्यवस्था मरिसकेको भनेर थेगो भएको अवस्थामा विहिबार सर्वोच्च अदालतले दिएको निर्णयले न्याय व्यवस्था देशमा अझै जीवित छ भनेर अनुभूति दिलायो । हत्या मुद्दामा जेल सजाय काटिरहेका गुण्डा नाईके

पूरा पढ्नुहोस्

Bureau Menus