सिरहाको मिर्चैया नगरपालिकामा ढुँगामुढाबीच तालाबन्दी, ३ घाईते, वार्ताको माध्यमबाट समाधानको अपिल
नेपाली काँग्रेसका नगरसभापति रमेश न्यौपाने, नेकपा एमालेका नगर ईन्चार्ज प्रदीप महासेठ र जसपाका नेता रामदयाल यादवले सँयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधानको लागि आग्रह गरेका हुन् ।

२०८० माघ २८ आइतबार, राति ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिहराको मिर्चैया नगरपालिकामा ढुंगामुढा भएको छ । वडा कार्यालयमा सचिव पठाउने विषयलाई लिएर तालाबन्दी गर्न पुगेपछि झडप भएको हो ।
मिर्चैया नगरपालिकाको वडा नम्बर ३ मा सचिव पठाउने विषय विवाद भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीयहरु र प्रहरीबीच केही बेर झडप भएको थियो ।
नगरपालिकाले वडामा सचिव नपठाउँदा कामकाज एक साता भन्दा बढी समयदेखि प्रभावित बनेको भन्दै स्थानीय नगरपालिकामा तालाबन्दी गर्न गएका युवाहरु र प्रहरीबीच भनाभनसहित समान्य झडप भएको थियो ।
तर, प्रहरीले तालाबन्दी गर्न नदिएपछि विवाद चर्किएको थियो । ढुंगामुढाबाट दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएका छन् भने नगरपालिकाको कार्यालयमा पनि क्षति पुगेको हो ।
यता, सो क्रममा घाईते भएकाहरुको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न दलका नेताहरुले वार्ताको माध्यमबाट समस्या समाधान गर्न अपिल गरेको हो ।
नेपाली काँग्रेसका नगरसभापति रमेश न्यौपाने, नेकपा एमालेका नगर ईन्चार्ज प्रदीप महासेठ र जसपाका नेता रामदयाल यादवले सँयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधानको लागि आग्रह गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…