न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा शुक्रबारदेखि दुईदिने नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ (सीजन–२) सुरु भएको छ ।
एनवाईईएफ जनकपुर च्याप्टर र मोनाष्टिक स्कुलको संयूक्त आयोजनामा समिट सुरु भएको हो ।
यो कार्यक्रम
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा शुक्रबारदेखि दुईदिने नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ (सीजन–२) सुरु भएको छ ।
एनवाईईएफ जनकपुर च्याप्टर र मोनाष्टिक स्कुलको संयूक्त आयोजनामा समिट सुरु भएको हो ।
यो कार्यक्रम मधेशमा विद्यालय स्तरमा उद्यमता र नवाचारको संस्कृति स्थापित गर्ने उद्देश्यले आयोजना भइरहेको बताइएको छ ।
यसअघि समिटको पहिलो संस्करण २०२३ मा सफलताका साथ सम्पन्न भएको थियो । जसमा विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको थियो । यसको परिणामस्वरूप यस कार्यक्रमले विद्यालय स्तरमा उद्यमिताको सोचलाई थप प्रोत्साहन पुर्याएकोले यसपालि यसको दोस्रो संस्करणको आयोजना गरिएको मोनाष्टिक स्कुलका निर्देशक डाक्टर सोनु साहले जानकारी दिएका छन् ।
विद्यालयका विद्यार्थीहरूलाई उद्यमिता सोच र नवाचारको प्रवृत्ति तथा क्षमतामा सशक्त बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको साहले बताए । उनले कार्यक्रममा ३५ विद्यालयबाट ३५० भन्दा बढी विद्यार्थीहरू (कक्षा ६ देखि कक्षा १२ सम्मका) सहभागी रहेको जानकारी दिए ।
कार्यक्रमको औपचारिक उद्घाटन शुक्रबार गरिएको छ । उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक र विभिन्न क्षेत्रका विशेषज्ञहरू उपस्थित छन् । उद्घाटनअघि आज बिहान विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा जानकी मन्दिरको प्राङ्गणबाट बृहत र्यालीकोसमेत आयोजना गरिएको थियो ।
समिटको अन्तिम दिन शनिबार हाटबजारको आयोजना गरिंदैछ । जहाँ विद्यार्थीहरूले आफ्ना १०० भन्दा बढी नवप्रवर्तनात्मक उत्पादनहरू प्रदर्शन गर्नेछन् । त्यस हाटबजारमा ८० स्टल रहनेछन्, जसमा विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता र उद्यमिता कौशल प्रस्तुत गर्ने निर्देशक साहले बताए ।
उनले भने, ‘यो कार्यक्रम मधेश क्षेत्रमा उद्यमिता र स्टार्टअप संस्कृतिको विकासको प्रारम्भ हो, जसले विद्यार्थीहरूको सोचमा सकारात्मक परिवर्तन ल्याउनेछ र उनीहरूलाई भविष्यमा स्वावलम्बी र सृजनात्मक व्यवसायीका रूपमा तयार गर्नेछ ।’
उनले यस समिटले विद्यार्थीहरूलाई व्यवसायिक संसारमा प्रवेश गर्ने प्रेरणा दिने मात्र नभई उनीहरूको आत्मविश्वास र क्षमता विकास गर्ने अवसर पनि प्रदान गर्ने बताए । यसबाट विद्यार्थीहरूका नयाँ विचार र उत्पादनहरूले आगामी दिनमा समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आफूहरुले विश्वास लिएको उनले बताए ।
निर्देशक डाक्टर सोनुले कार्यक्रमको अन्तिम दिन शनिबार मिल्स एरियास्थित मोनाष्टिक स्कुलको प्राङ्गणमा आयोजना हुने हाटबजारमा अभिभावकहरुलाई अनिवार्य उपस्थित भइदिन आग्रहसमेत गरेका छन् ।