शहिदनगरका शिक्षा शाखा प्रमुख यादवलाई यथाशिघ्र विद्यालयमै फिर्ता नपठाए सँघर्ष हुन्छः वडाध्यक्ष निराला
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासनबाट समेत यादवलाई दरबन्दीमा पठाउन पटक पटक पत्राचार गरेपनि नगरपालिकाले उनलाई शिक्षा शाखा प्रमुख बनाएर राखेका हुन् ।

२०८० माघ २३ मंगलबार, बेलुकी ६:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाले नगर शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई यथाशिघ्र दरबन्दी रहेको विद्यालयमा पठाउन चेतावनी दिएका छन् ।
मँगलबार नगर उपप्रमुख सुनिता सिँहलाई एक ज्ञापन पत्र बुझाउँदै कार्यपालिका सदस्य समेत रहेका वडाध्यक्ष निरालाले दरबन्दी कायम गरिएको विद्यालयमै यथाशिघ्र नपठाए सँघर्ष गर्ने चेतावनी दिएको हो ।
केही दिन अगाडी शिक्षा शाखा प्रमुख यादवले आफनो फेसबुक अकाउण्टबाट तथानाम लेखेको भन्दै निरालले उनलाई कारवाही स्वरुप आफ्नै विद्यालयमा फर्कन चेतावनी दिएको हो ।

तृतिय श्रेणीका शिक्षक रहेका यादवलाई शिक्षा शाखा जस्तो प्रमुख पदमा रहेर समाजिक सँजाल मार्फत ठाकुर र मण्डल जातीलाई ईकित गर्दै जातीय विभेद र मानमर्दन गरेको उल्लेख गर्दै नैतिक रुपमा पनि विद्यालय फर्किनुपर्ने बताएका छन् ।
आफ्नो पदीय मर्यादालाई समेत ख्याल नगरी शिक्षा शाखा प्रमुख यादवले फेसबुकबाट कुनै जातजातीलाई होच्याउने कार्य गरेको, अपमान गरेको भन्दै उनलाई कारवाही गर्न माग समेत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित वडाध्यक्ष निरालाले यथाशिघ्र आफ्नो दरबन्दीमा नगए जस्तोसुकै सँघर्ष गर्ने चेतावनी दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासनबाट समेत यादवलाई दरबन्दीमा पठाउन पटक पटक पत्राचार गरेपनि नगरपालिकाले उनलाई शिक्षा शाखा प्रमुख बनाएर राखेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…