डाक्टर रँजीत यादवलाई क्षतिपूर्ति दिन मानव अधिकार आयोगको सिफारिस
नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई पठाएपछि उनी सक्कली डाक्टर साबित भएका थिए । मानव अधिकार आयोगले यादवलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस गरेको हो ।

२०८० माघ २३ मंगलबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नक्कली डाक्टर भनेर सक्कली डाक्टर पक्राउ परेका सिआईबीलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस गरिएको छ ।
मानव अधिकार आयोगले सक्कली रहेका डा. रँजीत यादवलाई नक्कली भनेर पक्राउ गरी मानसिक यातना दिएको भन्दै क्षतिपूर्ति दिन सरकारसँग सिफारिस गरेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र पकरणमा पक्राउ परेका डा. रञ्जित कुमार यादव सक्कली नै भएको प्रमाणित भएको थियो । यादवलाई मानसिक तनाव भएको भन्दै मानव अघिकार गुहारेको थियो ।
नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई पठाएपछि उनी सक्कली डाक्टर साबित भएका थिए । मानव अधिकार आयोगले यादवलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…