कमलाको झोलुँगे पूलबाट आवतजावत सुरु भएपछि जनकनन्दिनीको व्यापार बढछः अध्यक्ष यादव
निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुङ्गे पुल देशकै लामा भएको दाबी गरे । उनका अनुसार महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे देशकै लामो थियो । त्यसको लम्बाई एक हजार ४५३ मिटर छ । अब यो पुल निर्माण भएसँगै यो झोलुङ्गे पुल देशकै लामो भएको उनले बताए । सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भएको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको थियो । इन्जिनियर मण्डलले ठेक्का अवधिभ

२०८० माघ २० शनिबार, बेलुकी ७:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले झोलुँगे पूलबाट आवतजावत सुरु भएपछि गाउँपालिकाको आर्थिक कारोबार बढने बताएका छन् ।
केही दुरीमा रहेको छिमेकी राष्ट्रको जयनगर बजारबाट व्यापारिक दृष्टिकोणले समेत झोलुँगे पूल आर्थिृक कारोबारमा टेवा पुरयाउने बताएका छन् ।
बिहिबारदेखि विधिवत रुपमा धनुषा र सिरहा जोडने नेपालको लामो पुल मध्ये निर्माण भएको झोलुँगे पुलमा स्वयँमसेवकको रुपमा कार्य गरेका योद्धाहरुलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले अब सिरहाबाट जनकनन्दिनी गाउँपालिका अन्तगर्त व्यापार समेत बढने बताए । उनले जनकनन्दिनी गाउँपालिका वडा नं. ६ मात्र नभई विभिन्न वडा भएर जाने यात्रुहरुले यहाँको व्यापारमा बढोत्तरी हुने बताए ।

न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष यादवले झोलुँगे पुल नजिकै भएर गाउँपालिकाको चारैतर्फ निर्माण हुने रिँग रोड (पीच सडक) पछि यहाँको व्यापारीहरुलाई फाईदा हुने बताए । उनले ठाउँ ठाउँमा पसल, बजारमा हरियो सागसब्जी, तरकारी सहित अन्य वस्तुहरुको कारोबारमा वृद्धि हुने बताउँदै जनकनन्दिनीको आन्तरिक राजस्वमा समेत वृद्धि हुने बताए ।
सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ पर्ने मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ६ पर्ने कठाललाई जोडेको सो पुल डेढ किलोमिटर लामो रहेको छ ।
निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुङ्गे पुल देशकै लामा भएको दाबी गरे । उनका अनुसार महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे देशकै लामो थियो । त्यसको लम्बाई एक हजार ४५३ मिटर छ । अब यो पुल निर्माण भएसँगै यो झोलुङ्गे पुल देशकै लामो भएको उनले बताए ।
सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भएको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको थियो । इन्जिनियर मण्डलले ठेक्का अवधिभन्दा छ महिना अगावै पुल निर्माणको कार्य सम्पन्न भएको जानकारी दिए ।

ठेक्का सम्झौता गरेर २०७९ असोज १ गतेदेखि निर्माण कम्पनीले काम सुरु गरेको थियो । ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सकिएको उनले बताए ।
हुलाकी सडक अन्तर्गत रहेको भासिएको कमला पूलको उत्तम विकल्पको रुपमा तयार भएको झोलुँगे पूलबाट मोटरसाईकल समेत पार हुने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…