डिप्लोमा इन्जिनीयर जनमत सँघको जिल्ला अध्यक्षमा दिपेन्द्र ठाकुर
समितिको उपाध्यक्षमा सँतोष रविदास र राजनरेश पण्डित चयन भएका छन् । यस्तै, समितिको कोषाध्यक्षमा दिपक मण्डल, सचिवमा राम विनय साह र सहसचिवमा गौत्तम यादवसहित ३५ सदस्यीय समिति चयन गरिएको हो ।

२०८० माघ १७ बुधबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको भातृ सँगठन डिप्लोमा ईन्जिनीयर जनमत सँघको धनुषा जिल्ला अध्यक्षमा दिपेन्द्र ठाकुर चयन भएका छन् ।
जनकपुरमा बसेको बैठकबाट ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै जनमत पार्टीले डिप्लोमा ईन्जिनीयर जनमत सँघको जिल्ला नेतृत्वको जिम्मेवारी दिपेन्द्र ठाकुरलाई दिएको हो ।
डिप्लोमा जनमत सँघका केन्द्रीय उपाध्यक्ष विवेक मोरबैताको अध्यक्षता तथा सिरहा निर्वाचन क्षेत्र नं. २ (ख) का निर्वाचित साँसद एवम् केन्द्रीय सदस्य सँजय कुमार यादवको प्रमुख आतिथ्यमा सोमबार बसेको बैठकबाट डिप्लोमा ईन्जिनीयर जनमत सँघको गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सँतोष रविदास र राजनरेश पण्डित चयन भएका छन् । यस्तै, समितिको कोषाध्यक्षमा दिपक मण्डल, सचिवमा राम विनय साह र सहसचिवमा गौत्तम यादवसहित ३५ सदस्यीय समिति चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…