धनुषाको लक्ष्मीनियाँमा ४ दिने निःशुल्क आँखा शिविर, मोतियाविन्दुको अपरेशन फ्रि
माघ १९ गते शुक्रबार स्वास्थ्यचौकी लक्ष्मीपुर बगेबा, माघ २० गते शनिबार सिनुरजोडा स्वास्थ्यचौकी, २२ गते स्वास्थ्यचौकी बनिनियाँ र २३ गते मँगलबार स्वास्थ्यचौकी सपहीमा शिविर हुने लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य सँयोजक नरेश कुमार शर्माले जानकारी दिए ।

२०८० माघ १७ बुधबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा चारदिने निःशुल्क आँखा चेकजाँच शिविर हुने भएको छ ।
लक्ष्मीनियाँ गाउँपालिकाको आयोजनामा माघ १९ गतेदेखि २३ गतेसम्म हुने शिविरमा आँखाको चेकजाँचसहित उपचार समेत गरिने भएको छ ।
रेयुकाई एई मासुनागा अस्पताल ढल्केवरको प्राविधिक सहयोगमा माघ १९ गते शुक्रबार, २० गते शनिबार, २२ गते सोमबार र २३ गते मँगलबार शिविर हुनेछ । शिविर विहान ९ बजेदेखि ५ बजेसम्म चल्ने जनाईएको छ ।
माघ १९ गते शुक्रबार स्वास्थ्यचौकी लक्ष्मीपुर बगेबा, माघ २० गते शनिबार सिनुरजोडा स्वास्थ्यचौकी, २२ गते स्वास्थ्यचौकी बनिनियाँ र २३ गते मँगलबार स्वास्थ्यचौकी सपहीमा शिविर हुने लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य सँयोजक नरेश कुमार शर्माले जानकारी दिए ।
शिविरमा चेकजाँचको साथै औषधी र मोतियाविन्दु को अप्रेशन समेत निःशुल्क वितरण गरिने जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…