२ टा नक्कली नोटसहित श्रीमान श्रीमति पक्राउ 

२०८० माघ १७ बुधबार
दिउसो ४:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही ।  सर्लाहीमा नक्कली नोटसहित श्रीमान्(श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका वडा नम्बर ३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका वडा नम्बर ९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । 

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रौतहट आउँदै बलिवुड स्टार गोबिन्दा 

  • २०८० माघ १७ बुधबार

न्यूज ब्यूरो, रौतहट । बलिवुडका चर्चित अभिनेता गोबिन्दा अहुजा मधेश प्रदेशको रौतहट आउने भएका छन् ।  प्रत्येक बर्ष रौतहटको मौलापुरमा आयोजन हुँदै आएको मधानी महायज्ञ महोत्सवमा सहभागी हुनको लागि गोबिन्दा रौतहटको

पूरा पढ्नुहोस्

Bureau Menus