'मिया वाकी' प्रविधिबाट कमला नदीमा जँगल लगाउनु आफैँमा प्रशँसनीयः महामन्त्री थापा
सोही क्रममा बोल्दै वन निर्देशनालयका अधिकृत सुरेश शर्माले कमला जस्तो वञ्जर जमिनलाई हराहर गरी यहाँको आम जनजीवनलाई सहज पार्ने उदेश्य रहेको बताए । उनले विश्वव्यापी रुपमा ग्लोबल वार्मिँग अर्थात दिनानुदिन तापक्रम बढदै जानु खतराको सँकेत रहेको बताए । उनले मानवजाती र नयाँ पीढीलाई नयाँ जीवन दिनको लागि पर्यावरण अपरिहार्य भएको बताए ।

२०८० माघ १६ मंगलबार, राति ८:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय साँसद गगन कुमार थापाले कमला बचाउ अभियानलाई राष्ट्रियस्तरबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
मँगलबार धनुषाको कमला नगरपालिका वडा नं. ५ स्थित वृक्षारोपणमा सहभागी हुँदै नेता थापाले कमला नदी दोहन रोक्न र बचाउको लागि अभियानका सँयोजक विक्रम यादवले गरेको पहललाई खुलेर प्रशँसा गरे ।
उनले २ बर्षमा आफूले नै रोपेको विरुवाको जँगल हेर्न पाउने र पुनः तस्विर खिचाउन पाइने भएपछि उनले अभियानप्रति कृतज्ञता प्रकट गरे ।
कमला बचाउ अभियानको पहलमा कमला नगरपालिका वडा नं. ५ स्थित निर्माणधीन कमला मन्दिरको पछाडी प्राँगनमा “मिया वाकी” प्रविधिबाट जँगल लगाउने कार्य सुरु भएपछि उनले यस्ता प्रविधिबारे आफू पहिलो पटक सुनेको बताए ।
कमला बचाउ अभियानको पहलमा मिथिला वाईल्ड लाईफ ट्रस्टद्धारा आजबाट सुरु भएको “मिया वाकी” प्रविधिको वनजँगल लगानको उदघाटनमा महामन्त्री थापाले कमला बचाउ अभियानका सँयोजक विक्रम यादवको प्रशँसा गरे । उनले ट्रस्टका अध्यक्ष देव नारायण मण्डलसहित समन्वय गरेका प्रदेश वन निर्देशनालय, डिविजन वन कार्यालयका अधिकृत एवम् वृक्षमानवका उपाधी पाएका पर्यावरण अभियानी सुरेश शर्माको खुलेर प्रशँसा गरे ।
महामन्त्री थापाले कमलाको बालुवा (बगर) मा समेत २ बर्षभित्र रोपिएको विरुवा जँगलको रुप लिने भएपछि आफू तस्विर खिचाउन २ बर्षपछि पुनः आउने प्रतिवद्धता जाहेर गरे ।
सोही क्रममा कमला बचाउ अभियानकै पहलमा कमला नपा ४ र ५ को बीचमै पर्ने मुसहरी टोलस्थित निर्माण गरिएको समुदायिक सिकाई केन्द्रको उदघाटन गरे । नेता थापाले स्थानीय मुसहर बालबालिकाहरुलाई निरन्तर र नियमित पढनुपर्ने सल्लाह दिए ।
कमला नगरपालिका वडा नं. ५ लक्कडस्थित पासमान टोलमा समेत निर्माण गरिएको सामुदायिक सिकाई केन्द्रको समेत उदघाटन गरे । कमला नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानको अध्यक्षता तथा नेता थापाको प्रमुख आतिथ्यमा उदघाटन गरियो ।
“मिया वाकी” प्रविधिबाट सुरु गरिएको वृक्षारोपणको लागि कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवको अध्यक्षता गरेका थिए । उनकै विशेष उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।
सोही क्रममा बोल्दै वन निर्देशनालयका अधिकृत सुरेश शर्माले कमला जस्तो वञ्जर जमिनलाई हराहर गरी यहाँको आम जनजीवनलाई सहज पार्ने उदेश्य रहेको बताए । उनले विश्वव्यापी रुपमा ग्लोबल वार्मिँग अर्थात दिनानुदिन तापक्रम बढदै जानु खतराको सँकेत रहेको बताए । उनले मानवजाती र नयाँ पीढीलाई नयाँ जीवन दिनको लागि पर्यावरण अपरिहार्य भएको बताए ।
वृक्षारोपण कार्यक्रममा जम्मा १०८ प्रकारको वृक्षारोपण गरिएको मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष मण्डलले बताए । २ बर्षमा सो विरुवाहरु करिब १५ फिटसम्मको हुने बताउँदै २ बर्षमा जँगलजस्तो देखिने र आसपासका खेतबारी समेत हरियाली हुने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पँजीयार, पूर्व प्रदेश मन्त्री रामसरोज यादव, काँग्रेसका नेता जीवनाथ चौधरी, मेयर विशेश्वर प्रसाद यादव, जनकपुरधामका मेयर मनोज साह, जनकनन्दिनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक, वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, कमला नपा ४ का वडाध्यक्ष पप्पु गोहिबार, विभिन्न पालिकाका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु, जिल्लास्तरीय नेता, प्रदेश साँसद, प्रदेश मन्त्रीहरुको सहभागीता रहेको थियो ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…