भोली नेपाली काँग्रेसका महामन्त्री गगन थापा धनुषाको कमला आउँदै
भोली मँगलबार विहान ९ बजे कमला नगरपालिका वडा नं. ५ को कमला छेउमा वृहत वृक्षारोपण कार्यक्रम रहेको जनाईएको छ । सोही दिन पिपल, निम, तुलसी अभियान र मिथिला वाईल्ड लाईफ ट्रस्टको सहयोग तथा कमला बचाउ अभियानकै पहलमा निर्माण गरिएको दुई शिक्षालय समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

२०८० माघ १५ सोमबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व मन्त्री गगन थापा भोली धनुषा आउने भएको छ । कमला बचाउ अभियानको वृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुन नेता थापा भोली मँगलबार कमला नगरपालिका आउन लागेका हुन् ।
कमला बचाउ अभियानले धनुषा र सिरहा जोडने ऐतिहासिक एवम् धार्मिक नदी कमला बचाउन किनारमा उच्च जातको वृक्षारोपण गरी भूक्षयबाट बचाउने कार्यक्रम अन्तर्गत प्रमुख अतिथिको रुपमा नेता थापा धनुषा आउन लागेको अभियानका सँयोजक विक्रम यादवले बताए ।
भोली मँगलबार विहान ९ बजे कमला नगरपालिका वडा नं. ५ को कमला छेउमा वृहत वृक्षारोपण कार्यक्रम रहेको जनाईएको छ । सोही दिन पिपल, निम, तुलसी अभियान र मिथिला वाईल्ड लाईफ ट्रस्टको सहयोग तथा कमला बचाउ अभियानकै पहलमा निर्माण गरिएको दुई शिक्षालय समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…