माघ ८ गते घर–घरमा दीप प्रज्वलन गरौँ: मेयर यादव
५५० बर्षपछि भगवान रामको अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् । नीजि तवरले एक वक्तत्व जारी गर्दै मेयर यादवले माघ ८ गते अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

२०८० माघ ५ शुक्रबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले माघ ८ गते घर–घरमा दिपावली गर्न अनुरोध गरेका छन् ।
५५० बर्षपछि भगवान रामको अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् । नीजि तवरले एक वक्तत्व जारी गर्दै मेयर यादवले माघ ८ गते अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
मेयर यादवले शहिदनगर नगरपालिकाको ९ वटै वडावासीलाई जनवरी २२ तारिख अर्थात माघ ८ गतेको साँझ घर घरमा दीप प्रज्वलन गर्न अनुरोध गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…