मेडिकल व्यावसायी दुर्गा प्रसाईमाथि कुटपिटको प्रयास
आफूमाथि हातपात प्रयासपछि प्रसाईले फागुन १ पछि कडा आन्दोलन चलाउने बताए। उनले फागुन १ पछिको आन्दोलनबाट व्यवस्था फेरेर सम्पूर्ण नागरिकको धितो मिनाहा गरिने बताए। उनले आफूलाई कुटपिट प्रयास गरिएकोबारे टिप्पणी गर्दै नचलाउन आग्रह गरे। प्रसाईले आफू टाइटनिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरु चकनाचुर हुने बताए।

२०८० माघ ४ बिहीबार, दिउँसो ४:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बागलुँग । अभियान लिएर बागलुङ पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कुटपिटको प्रयास भएको छ।
नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईलाई बिहीबार कुटपिट प्रयास भएको हो।
बागलुङस्थित कार्यक्रमस्थलमा पुगेका प्रसाईलाई स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपात प्रयास गरेका हुन्।
प्रसाईमाथि हातपात प्रयास गरेका गौतमलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय बागलुङको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले गौतमलाई हिरातसमा लिएर अनुसन्धान भइरहेको बताएका छन्।
आफूमाथि हातपात प्रयासपछि प्रसाईले फागुन १ पछि कडा आन्दोलन चलाउने बताए। उनले फागुन १ पछिको आन्दोलनबाट व्यवस्था फेरेर सम्पूर्ण नागरिकको धितो मिनाहा गरिने बताए।
उनले आफूलाई कुटपिट प्रयास गरिएकोबारे टिप्पणी गर्दै नचलाउन आग्रह गरे। प्रसाईले आफू टाइटनिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरु चकनाचुर हुने बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…