जनकपुर जेसिजमा शासन होईन, सुशासनको लागि मेरो उम्मेदवारी छः उम्मेदवार विक्रम साह
जेसीज वर्ष २०२४ का अध्यक्ष नेतृत्व गर्ने जिम्मेवारीपाइयो भने आफुले अवसर र चुनौती को रूपमा लिने र आगामी दिनमा स्थानिय सरकार र संघसंस्थाहरु सँग समन्वय गरी संस्थाको गरिमालाई अझै उच्च बनाउँदै जनकपुरधामका सम्पुर्ण संस्थाहरुलाई अगुवाई गर्ने नेतृत्वदायी संस्था बनाउने प्रतिवद्ता अभिव्यक्ति दिएका छन।

२०८० माघ ३ बुधबार, राति १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । “शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ” भन्ने मल नारा सहित स्थापित भएको संस्था जेसीजको अध्यक्षको लागि विक्रम साहले उम्मेदवारी दिएका छन् ।
अहिले जनकपुरधाममा पनि यस संस्था प्रति रूचि राख्ने व्यक्तिहरूको ओइरो देखिन्छ । माघ ५ गते जनकपुर जेसीज २०२४ को लागि नया कार्यसमितिको चुनाव हुन गइरहेको चुनावमा उनले उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष पदका उमेदवार साहका अनुसार मुलुकको विकासको लागि युवा नेतृत्व र कुशल नेतृत्वको आवश्यकता हुन्छ सक्षम ब्यक्ति अरुको आग्रह वा पदको लागि मात्र नभइ स्वय अग्रसर भएर नेतृत्व लिने हो भने मुलुक सम्मृद्ध हुने बताएका छन्।
अवसरको खोजीमा युवाहरु विदेश पलायन हुने क्रम वढेको र त्यसलाई रोक्न युवाहरुमा उद्मशिलताको विकास हुनुपर्नेमा साहले जोड दिँदै जनकपुर जेसिजको लागि आफ्नो उम्मेदवारी सुशासन कायम गर्नको लागि भएको बताए ।
अग्रजहरुको ज्ञान, सीप र अनुभव एवम तालिमको माध्यमबाट युवाहरुलाई शशक्तीकरण गर्दै जेसीजलाई व्यवसायसँग जोड्न सके उद्मशिलताको विकास हुने उनले बताए ।
जेसीज वर्ष २०२४ का अध्यक्ष नेतृत्व गर्ने जिम्मेवारीपाइयो भने आफुले अवसर र चुनौती को रूपमा लिने र आगामी दिनमा स्थानिय सरकार र संघसंस्थाहरु सँग समन्वय गरी संस्थाको गरिमालाई अझै उच्च बनाउँदै जनकपुरधामका सम्पुर्ण संस्थाहरुलाई अगुवाई गर्ने नेतृत्वदायी संस्था बनाउने प्रतिवद्ता अभिव्यक्ति दिएका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…