धनुषाको शहिदनगर नगरपालिकामा नयाँ अधिकृत उपसचिव साह हाजिर
अधिकृत साह आएपछि पहिलो दिन उनलाई स्वागत गरेपछि उनी कार्यभार सम्हालेका हुन् । प्रशासकीय गुणमा सबल मानिएका अधिकृत साहले कार्य सम्पादनकै आधारमा उपसचिवसम्मको यात्रा तय गरेको भन्दै शहिदनगरलाई नयाँ आयाम दिने विश्वास लिइएको हो ।

२०८० माघ ३ बुधबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा नयाँ अधिकृतको रुपमा उपसचिव सत्यनारायण साह हाजिर भएका छन् ।
बुधबार नगर प्रमुख दिनेश प्रसाद यादव र उपप्रमुख सुनिता सिँहले नयाँ अधिकृत साहलाई स्वागत गरेका हुन् । यसअघिका अधिकृत भ्रष्टाचार मुद्दामा मुछिएपछि अधिकृत विहिन रहेको नगरपालिकामा नयाँ अधिकृत हाजिर भएको हो ।
अधिकृत साह आएपछि पहिलो दिन उनलाई स्वागत गरेपछि उनी कार्यभार सम्हालेका हुन् । प्रशासकीय गुणमा सबल मानिएका अधिकृत साहले कार्य सम्पादनकै आधारमा उपसचिवसम्मको यात्रा तय गरेको भन्दै शहिदनगरलाई नयाँ आयाम दिने विश्वास लिइएको हो ।
अधिकृत साहको लागि ९ वटै वडाका वडाध्यक्ष, नगरपालिकाको कर्मचारी, कार्यपालिका सदस्यहरुले उनलाई स्वागत गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…