८ बर्षदेखि निर्माणधीन जलाद पूलको लागि चक्काजाम गरेपछि पुल बन्ने सहमति
१० दिनभित्र पुल निर्माणको काम तिब्र पारी २०८१ जेठ भित्र निर्माण सम्पन् गर्ने, ७ दिन भित्र डाइभर्सन तयार गरी यतायात सहज गर्ने, समझौता अनुसार कार्य सम्पादन नभए ठेकेदारलाई कालोसुचीमा राखी कानुन बमोजिम कारबाही गर्ने र निर्माण सामग्री प्रयोग गुणस्तर तथा नियमन डिभिजन कार्यालयले गर्ने सम्झौता भएको हो ।

२०८० माघ ३ बुधबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका र धनुषाधाम नगरपालिकाको बीचमा रहेको जलाद खोलाको पूल निर्माणको लागि सम्झौता भएको छ ।
विगत ८ बर्षदेखि निर्माणधीन अवस्थामा रहेको जलाद पूल निर्माण नहुँदा हजारौँ सर्वसाधारणलाई सास्ती भोग्पुपरेपछि स्थानीयहरुले बुधबार चक्काजाम गरेको थियो । चक्काजाम गरेपछि विभिन्न ४ बुँदे सहमति भएको हो ।
जलाद खोलामा ८ बर्षदेखि अलपत्र अवस्थामै रहेको पूल निर्माण कार्यको लागि विरोध अवरोध जनाएपछि पूल निर्माण गर्ने सहमति भएको हो । स्थानीयहरुले दिउँसो महेन्द्रनगरस्थित चक्काजाम गरेपछि दुई पक्षबीच सम्झौता भएको हो ।
१० दिनभित्र पुल निर्माणको काम तिब्र पारी २०८१ जेठ भित्र निर्माण सम्पन् गर्ने, ७ दिन भित्र डाइभर्सन तयार गरी यतायात सहज गर्ने, समझौता अनुसार कार्य सम्पादन नभए ठेकेदारलाई कालोसुचीमा राखी कानुन बमोजिम कारबाही गर्ने र निर्माण सामग्री प्रयोग गुणस्तर तथा नियमन डिभिजन कार्यालयले गर्ने सम्झौता भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…