कमला नगरपालिकामा आज विदा
कार्यपालिका सदस्य भएकोले उनको असमायिक निधनप्रति एक दिने शोक विदा दिइएको मेयर यादवले बताए । आज कमला नगरपालिका अन्तर्गतको सबै समुदायिक सँघ सँस्थाहरु बन्द रहने भएको छ ।

२०८० माघ ३ बुधबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा आज एक दिनको लागि विदाको घोषणा गरिएको छ ।
कमला नगरपालिका वडा नं. २ की वडा सदस्य एवम् कार्यपालिका सदस्य समेत रहेकी सिरिबति देवी पासवानको असमायिक निधन भएपछि कमला नगरपालिकाले एक दिने शोक विदाको घोषणा गरे अनुसार बुधबार (आज) विदा हुने भएको छ ।
नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित पासवान कार्यपालिका सदस्य समेत रहेकी थिइन् । उनी लामो समयदेखि दीर्घरोगी थिईन् । उनको सोमबार राती उपचारको क्रममा निधन भएको कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले जानकारी दिए ।
कार्यपालिका सदस्य भएकोले उनको असमायिक निधनप्रति एक दिने शोक विदा दिइएको मेयर यादवले बताए । आज कमला नगरपालिका अन्तर्गतको सबै समुदायिक सँघ सँस्थाहरु बन्द रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…