जनकपुरका युवा नेता किसन साहले दिए पार्टीबाट राजीनामा
स्थानीय तहमा जनकपुरधामा हुने आन्दोलनहरुमा उनले अगुवाई गर्दै आएका थिए । विभिन्न समयमा सरकार विरुद्धको आन्दोलनमा समेत उनले सक्रिय सहभागीता जनाउँदै आएका थिए ।

२०८० माघ २ मंगलबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ७ बर्षदेखि सक्रिय रुपमा राजनीतिमा लागेका जनकपुरका युवक किसन साहले पार्टीबाट राजीनामा दिएका छन् ।
तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट राजनीति सुरुवात गरेका साहले वर्तमानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहँदै आएकोमा उनले मँगलबार राजीनामा दिएका छन् ।
यद्यपी उनले राजीनामा कारण भने खुलाएका छैनन् । व्यक्ति समाजिक सँजालमा उनले एक नोट लेख्दै आजबाट लोसपाबाट विराम लिएको उल्लेख गरेका छन् ।
मधेश आन्दोलनसहित अन्य विभिन्न आन्दोलनमा सक्रिय सहभागीता जनाउँदै आएका साहले पार्टीबाट राजीनामा दिएपछि पार्टीमा फुटाफुटको क्रम जारी रहेको बुझ्न सकिन्छ । यद्यपी, उनले अब कुन पार्टीमा शरण लिने भनेर उल्लेख गर्न चाहेनन् ।
स्थानीय तहमा जनकपुरधामा हुने आन्दोलनहरुमा उनले अगुवाई गर्दै आएका थिए । विभिन्न समयमा सरकार विरुद्धको आन्दोलनमा समेत उनले सक्रिय सहभागीता जनाउँदै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…