गणेशमानचारनाथमा किशोरकिशोरी सम्मेलन हुने
युएसएड एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजना अन्तर्गत गठित युवा कल्बले सुशासन,सामाजिक व्यवहार परिवर्तन तथा क्षमता विकास लगायतका त्रियाकलापहरू संचालन गरिरहेको छ । यो परियोजना मधेश प्रदेशको ६ वटा जिल्लाका ४१ स्थानिय तहमा संचालन गरिरहेको छ ।

२०८० पुस २९ आइतबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिकामा किशोरकिशोरी सम्मेलन हुने भएको छ ।
स्थानीय सृजनशिल युवाकल्बको आयोजना तथा नगरपालिकाको समन्वय र सहकार्य हुने सम्मेलनले किशोरकिशोरीको समस्या,सवाल र स्थानीय सरकारसंग सम्बन्ध मजबुत बनाउनका लागि नगरपालिका, युवा निति र स्थानिय सरकारको नितिमा चर्चा हुने भएको छ ।
सम्मेलन युवाहरूको लागि वजेट विनियोजन तथा गुणस्तरीय स्वास्थ्य सेवा लगाउतका सवालमा सम्मेलन केन्द्रीत हुने कल्बका अध्यक्ष कुलदीप दासले बताए ।
सम्मेलनले पालिका स्तरिय घोषणा पत्र समेत जारी गर्नेछ । कल्बको आज बसेको त्रैमासिक वैठकले कल्बको समीक्षा,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू मनाउने,वडा स्तरीय वैठक गर्ने,स्वास्थ संस्थामा निगरानी ,योजना छनौटमा सहभागी हुने लगायतका विषयमा कार्ययोजना तयार समेत गरिएको अध्यक्ष दासले बताए ।
युएसएड एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजना अन्तर्गत गठित युवा कल्बले सुशासन,सामाजिक व्यवहार परिवर्तन तथा क्षमता विकास लगायतका त्रियाकलापहरू संचालन गरिरहेको छ । यो परियोजना मधेश प्रदेशको ६ वटा जिल्लाका ४१ स्थानिय तहमा संचालन गरिरहेको छ ।
यस्तै धनुषामा ८ वटा पालिकामा विगत एक वर्षदेखि परियोजना संचालनमा छ । यसै अन्तर्गत ८२ वटा युवा कल्ब गठन भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…