नेता प्रभु साहले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने
उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । बैंकहरुले लिनेगरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ।

२०८० पुस २७ शुक्रबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आम जनता पार्टीका अध्यक्ष नेता प्रभु साहले आउँदो माघ ११ गते मधेश प्रदेश बन्द गर्ने भएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेश बन्द गर्ने निर्णय गरेको छ ।
बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।
उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । बैंकहरुले लिनेगरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…