फेल हुँदै निधिको "सँजय फयाक्टर"
भारी मत परिणामले राजपाका राजेन्द्र महतो अगाडी, मतगणना जारी

२०७४ मंसिर २३ शनिबार, राति ८:०७ बजे२ मिनेट पढाइ

जनकपुरधाम, २२ मँसिर । नेपाली काँग्रेसका एउटा दिग्गज नेता मानिन्छ विमलेन्द्र निधि । चुनाव अघि देखि नै सँजय फयाक्टर जनकपुर सहित धनुषा निर्वाचन क्षेत्र नंं. ३ को प्राय सबै गाउँमा चलाइयो । सँजयलाई राजेन्द्र महतोले फँसाए भनेर साह समर्थक कार्यकर्ताहरु तथा युवाहरु नारामा जुटे पनि । राष्ट्रिय जनता पार्टी नेपालबाट दिग्गज नेता राजेन्द्र महतो पनि निधिलाई टक्कर दिन धनुषाको निर्वाचन क्षेत्र नं. ३ पुगे ।
धनुषा निर्वाचन क्षेत्र नंं ३ मा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गढ मानिएपनि चुनावपछि देखिएको हालसम्मको मत परिणाम अनुसार सबै कसरत फेल भएको देखिन्छ ।
हुनतः धनुषा निर्वाचन क्षेत्र नं. ३ मुलुककै चर्चित र चर्चाको विषय बनेको हो । सर्लाहीबाट राजेन्द्र महतो निधिलाई टक्कर दिन आए लगत्तै हजारौ समर्थक पनि भित्रि सहयोग गरेकै हुन भनेर ताजा मतपरिणामबाट जाहेर हुँदै छ ।
सँजय कुमार साहको फयाक्टर "फेल"
जनकपुर बम काण्डको आरोपमा जेल जीवन बिताईरहेका पूर्व मन्त्री एवम् निलम्बित साँसद सँजय कुमार साहलाई नचिन्ने धेरै कम होलान । धनुषाको पूर्व निर्वाचन क्षेत्र नं. ४ बाट शक्ति पाएका साह जुनसुकै पार्टीबाट, यता सम्म की स्वतन्त्र उम्मेदवारी दिएपनि जित्ने पक्कापक्की नै थियो । उनले २ पटक चुनाव पनि जिते र सद्भावना पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्षको रुपमा मधेसमा चिनाए ।
प्रतिनीधि सभा तथा प्रदेश सभाको चुनाव आउन लाग्दा निधिले सँजय फयाक्टर अपनाएको प्रष्ट देखिन्छ ।
सँजय साहले निधिलाई समर्थन गरेको समाचारहरु विभिन्न सँचारमाध्यमबाट जनगण समक्ष पुगेपछि चुनाव अघि देशमै चर्चा पाएको थियो निधि र महतो ।
निधि जसरी पनि जित्ने यहाँका राजनीतिक विशलेषकहरु बताएका थिए, यतासम्म की समाजिक सञ्जाल फेसबुकमा पनि राम्रै चर्चा परिचर्चा पाएको देखियो ।
यो निर्वाचनमा देशकै ध्यान धनुषा निर्वाचन क्षेत्र नं. ३ मा अडकिएको देखियो ।
सँजय साहको भोटले निधि जित्ने पक्का नै थियो तर अपाइएको सँजय फयाक्टर फेल भइरहेको हालको मतपरिणामबाट देखिएको छ ।
मतगणना भने जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…