१६८ किलो गाँजा र ड्रग्ससहित दुई युवक पक्राउ

२०८० पौष २४ मंगलबार
बेलुकी ६:२४ बजे
न्यूज ब्यूरो, डेस्क

धर्मेन्द्र प्रसाद यादव, वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका - ४ हर्रपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजासहित २ जना युवाहरुलाई पक्राउ गरेको छ ।

मंगलबार  बिहान ४ : १५ बजेको समयमा जगरनाथपुर गाउँपालिका - ४ हर्रपुरबाट  १६८ किलो  (१६) पोका प्रतिबन्धित लागु औषध गाँजासहित २ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, उनिहरुको साथबाट महेन्द्र बलेरो पिकपको बिलबुक पत्र एक थान, नेपालि रुपिया अठत्तर हजार पाचँ सय र TECNO SPARK/OPPO कम्पनीको १/१ थान मोबाईल पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका चालक र सह- चालकको नाम अहिले गोप्य राखेर मुद्दा मुद्दा दर्ता भएर मुद्दा चलाई सकेपछि मात्र उनीहरुको नाम सार्वजनिक गर्ने सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यले जानकारी दिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा मातहतका प्रस्ताबित सिमा सुरक्षा गुल्म भिखमपुरबाट प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद खनालको नेतृत्वमा गएको ७ जनाको गाडि मोवाईल टोलीले हर्रपुर स्थित सडक खण्डामा चेकप्वाईन्ट थापि सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा वीरगंजबाट ठोरीतर्फ जादै गरेको ११ च ९६८६ नम्बरको महिन्द्रा बोलेरो पिकअप गाडीबाट सो परिणाममा लागु औषध गाँजा बरामद गरिएको उनले बताए ।

पक्राउ परेको  बलेरो पिकपको ईन्जिन नम्बर - GHEID31955 र च्यासिस नम्बर MA1ZC4GHKE1D40311 रहेको छ । उनका अनुसार सो पिकअप गाडीमा लुकाईछिपाई ल्याइएको अवस्थामा लागु औषध गाँजा बरामद भएको हो ।

तामाङ्गले चलाएको गाडी खानतलासी गर्दा सो गाडीको पछाडीको भागमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरेर लुकाई छिपाई गरी ल्याइएको अवस्थामा लागु औषध गाँजा फेला परेको उनले बताए । पक्राउ गरिएका उक्त लागु औषध र गाडी सहित चालक र सह- चालकलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा बुझाईएको  सशस्त्रका एसपी कर्माचार्यले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा सशस्त्रको नयाँ एसपी आएपछि बोर्डरमा कडाई, लाखौँको समान बरामद

  • २०८० पौष २४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीको नयाँ एसपी आएपछि नेपाल–भारत सीमामा कडाई गरिएको छ ।  धनुषाको नयाँ एसपीमा दर्शन गिरी आए लगत्तै सशस्त्र प्रहरीले अवैधरुपमा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न

पूरा पढ्नुहोस्

Bureau Menus