मिर्चैयामै ब्लड बैँक स्थापना गर्छौः मेयर यादव
उप सभापतिमा फुलकुमारी साह, सचिवमा धूर्व श्रेष्ठ, कोषाध्यक्षमा बिरेन्द्र कुमार डुङेल, सचिवमा जय प्रकाश साह, उपकोषाध्यक्षमा भरत नायक, सदस्यमा गणेशी महरा, प्रकाश बुढाथोकी , मन्जु देवी ठाकुर, गणेशी कुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन्।

२०८० पुस २३ सोमबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले मिर्चैयामा ब्लड बैँक स्थापनाको प्रतिवद्धता जनाएका छन् ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको उपशाखामाको साधारण सभालाई सम्बोधन गर्दै मेयर यादवले रेडक्रम मिर्चैयामा ब्लड बैँक स्थापनाको लागि प्रतिवद्धता जनाएका हुन् ।
नगर अध्यक्ष श्रवण यादवले नगरपालिका नेपाल रेडक्रस सोसाइटीको हातमा हात मिलाएर अगाडि बढाउने र आगामी दिनमा नेपाल रेडक्रस सोसाइटी मिर्चैयामा नगर बासिन्दाको लागी ब्लड बैंक पनि स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
नेपाल रेडक्रस सोसाइटी उपशाखा मिर्चैयाका लागी नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । नगरपालिका भित्रमात्र होइन मधेश प्रदेश र हाम्रो जिल्ला सिरहामा शिक्षाको अवस्था दयनीय हुँदै गएको र सुधारको लागे अब नगरपालिका बाट आवश्यक नीति र ठोस योजनाका साथ अगाडि बढ्ने बताएका छन् ।
मिर्चैया मात्र होइन अब सिरहा जिल्ला भरी शिक्षा सुधारको लागी सबै पालिकाले ठोस र कठोर कदम चाल्नु पर्ने बताएका छन् हामिले मिर्चैयामा केही सुधारका काम लगायत अझ ठोस कामहरू अगाडि बढाएका छौ, यसमा नगरवासीको साथ आशा समेत हुनुपर्ने बताएका हुन्।
२०४९ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा मिर्चैया कार्यसमितिको लागि राजदेव कापर सभापति सहित १० जनाको समिति निर्विरोध निर्वाचित भएका छन्।
उप सभापतिमा फुलकुमारी साह, सचिवमा धूर्व श्रेष्ठ, कोषाध्यक्षमा बिरेन्द्र कुमार डुङेल, सचिवमा जय प्रकाश साह, उपकोषाध्यक्षमा भरत नायक, सदस्यमा गणेशी महरा, प्रकाश बुढाथोकी , मन्जु देवी ठाकुर, गणेशी कुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन्।
उपशाखा अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षता र मिर्चैया नगरपालिका प्रमुख मेयर श्रवण यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ ।
साथै, नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको भवन पालिका प्रमुख श्रवण यादवले उद्घाटन गरेको हो । उक्त भवन उद्घाटन गरी रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…