८ लाख रुपैयाँसहित एक भारतीय युवक पक्राउ
सप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चोकमा भारतीय नम्बर बीआर ५० बी १५४२ नम्बरको मोटरसाइकलमा आएका यादवसँग स्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

२०८० पुस २२ आइतबार, बिहान ११:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रहरीले भारत बिहार राज्यको मधुवनी नगर निगम वडा ३ का २५ वर्षीय संजयकुमार यादवलाई स्रोत नखुलेको भारतीय ५ लाख २९ हजार ९ सय ७० रुपैयाँसहित पक्राउ गरेको छ ।
उनलाई शनिबार पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको छ । बरामद गरिएको रुपैयाँ नेपाली मूल्य ८ लाख ४७ हजार ९ सय ५२ रुपैयाँ हुन आउँछ ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चोकमा भारतीय नम्बर बीआर ५० बी १५४२ नम्बरको मोटरसाइकलमा आएका यादवसँग स्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…