साना किसानको भवन निर्माणमा ठगी गर्न खोजेको भन्दै प्रबन्धक ललिता महतो पाँचजनालाई पक्राउ पूर्जी
सोही क्रममा १० लाखको चेक भँजाएर ठेकेदार कार्कीले उनीहरुलाई ७ लाख रुपैयाँ नगद दिँदा उनले कल रेकर्डिँग गरेको प्रमाण समेत पेश गरेका छन् । सो क्रममा उनले कसैको नाममा ७ लाख रुपैयाँ बैँकमा हालिदिने भनेपछि नगद नै दिनुपर्ने जिकिर गरिएको सुनिएको छ । चेकको हिसाबले ठेकेदार १० लाख पाएपनि विश्वासको आधारमा उनले मात्र ३ लाख रुपैयाँ पाएको र ७ लाख रुपैयाँ नगद शम्भु महतो र योगेन्द्र महतोलाई सँयुक्त रुपमा दिएको उल्लेख छ ।

२०८० पुस २० शुक्रबार, बिहान ८:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हरिहरपुरस्थित रहेको साना किसान कृषि सहकारी सँस्था लिमिटेडको भवन निर्माणको क्रममा ठेकेदारलाई ठगी गर्न खोजेको भन्दै पाँच जनामाथि पक्राउ पूर्जी जारी भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुस्थित रहेको सो कृषि सहकारी सँस्थाको भवन निर्माणको लागि बर्दिवासका ठेकेदारले भवन बनाउने सम्झौता गरे अनुसार रकम नै नदिएपछि ठगीको मुद्दा चलाउँदै पाँच जनालाई पक्राउ गर्ने अनुमित दिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाबाट साना किसान कृषि सहकारी सँस्थाका पाँच पदाधिकारीमाथि पक्राउ गर्ने अनुमति पत्र दिएको हो ।
सो क्रममा सँस्थाका सँचालक समिति सदस्य धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ बस्ने भरोसी यादव, हरिहरपुर बस्ने शम्भु महतो, सुरेन्द्र बहादुर बुलन, सँचालक समितिकै सदस्य ललिता कुमारी महतो र योगेन्द्र महतोलाई पक्राउ गर्न अनुमति दिएको हो ।

गत वि.सं. २०७८ साल चैत मसान्तमा भएको भवन निर्माणको सम्झौताको लागि बर्दिवासका ठेकेदार दिनेश कार्कीले दिएको जाहेरीको आधारमा उनीहरुमाथि अनुसन्धान गर्दा ठगी गरेको पाईएपछि पक्राउ पूर्जी जारी भएको हो ।
ठेकेदार दिनेश कार्कीले तत्काल समान झार्नको लागि १० लाख रुपैयाँ मागेकोमा पाँचै जनाले उनलाई १० लाखको चेक दिई तत्काल मात्र ३ लाख लिएर बाँकीको ७ लाख रुपैयाँ नगद भँजाएर आफूहरुलाई दिन भनेका थिए । यसरी चेकमा ठेकेदारको नाम भएकोले चेक भँजाएर नगदमा ७ लाख रुपैयाँ पाँचै जनालाई दिएपछि ठेकेदारले १० लाख रुपैयाँ पाएको प्रमाण बन्न गएपछि उनीहरुले ठगी गर्न खोजेको थियो ।
सोही क्रममा १० लाखको चेक भँजाएर ठेकेदार कार्कीले उनीहरुलाई ७ लाख रुपैयाँ नगद दिँदा उनले कल रेकर्डिँग गरेको प्रमाण समेत पेश गरेका छन् । सो क्रममा उनले कसैको नाममा ७ लाख रुपैयाँ बैँकमा हालिदिने भनेपछि नगद नै दिनुपर्ने जिकिर गरिएको सुनिएको छ । चेकको हिसाबले ठेकेदार १० लाख पाएपनि विश्वासको आधारमा उनले मात्र ३ लाख रुपैयाँ पाएको र ७ लाख रुपैयाँ नगद शम्भु महतो र योगेन्द्र महतोलाई सँयुक्त रुपमा दिएको उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…