मृतक आरती साहको बारेमा गलत रिपोर्ट दिएको भन्दै मानव अधिकार आयोग घेराउ
सरकारले काठमाण्डु स्थित माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि मृतक आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्णरुपमा धर्ना दिँदै आएका थिए । आयोगले आरती साहको बारेमा अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएकोले अभियानीहरुको सहयोगमा सो रिपोर्टको विरोधस्वरुप प्रदर्शन गरिएको बुवा विनोद साहले जानकारी दिए ।

२०८० पुस १८ बुधबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मृतक आरती साहलाई न्याय दिलाउनका लागि २०१ दिनदेखि धर्नामा बस्दै आएका परिवारजनलगायतकाले राष्ट्रिय मानवअधिकार आयोग घेराउ गरेका छन् ।
मानवअधिकार आयोगले आरती साहको बारेमा गलत रिपोर्ट बनाएको भन्दै प्रदर्शनकारीहरुले आयोग अगाडि प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई प्रक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्ता रहेका छन् ।
सरकारले काठमाण्डु स्थित माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि मृतक आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्णरुपमा धर्ना दिँदै आएका थिए ।
आयोगले आरती साहको बारेमा अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएकोले अभियानीहरुको सहयोगमा सो रिपोर्टको विरोधस्वरुप प्रदर्शन गरिएको बुवा विनोद साहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…