समाजिक र शैक्षिक जिम्मेवारी निभाउँदै मोनाष्टिकको ३८ औँ वार्षिकोत्सव सम्पन्न
उत्सव तेस्रो दिन पनि जारी रह्यो । जहाँ विद्यालयका पूर्व विद्यार्थीहरू समेत सहभागी थिए । प्लेग्रुपदेखि एलकेजीसम्मका करिब ४५० युवा कलाकारहरूले सांस्कृतिक नृत्य, भाषण र नाटकीय प्रस्तुतिले दर्शकहरूलाई मोहित बनाए।

२०८० पुस १५ आइतबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जकपुरधाम । जनकपुरधामस्थित मोनाष्टिक स्कूलले भव्यतापूर्वक आफ्नो ३८औँ वार्षिकोत्सव मनाएको छ ।
शिक्षा क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल मोनाष्टिकले आफ्नो ३८औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाएको हो ।
वार्षिकोत्सवको शुरुवात पोस्टर मेकिङ्ग प्रतियोगिताबाट भएको थियो । जसमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई संलग्न गराइएको थियो। युवा दिमागहरूले रंगीन कलाकृतिले विद्यालयलाई सजाउँदा रचनात्मक अभिव्यक्तिहरू फस्टाएको थियो ।
यसका साथै वृक्षारोपण कार्यक्रमको समेत आयोजना गरियो । विद्यालयको वातावरणीय उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्दै विद्यार्थी र इको क्लबका सदस्यहरूले जुनियर मोनाष्टिकमा ३८ र सिनियर मोनाष्टिकमा ३८ गरी जम्मा ७६ वटा रुख रोपेका थिए ।
उत्सव तेस्रो दिन पनि जारी रह्यो । जहाँ विद्यालयका पूर्व विद्यार्थीहरू समेत सहभागी थिए । प्लेग्रुपदेखि एलकेजीसम्मका करिब ४५० युवा कलाकारहरूले सांस्कृतिक नृत्य, भाषण र नाटकीय प्रस्तुतिले दर्शकहरूलाई मोहित बनाए।
धनुषा निर्वाचन क्षेत्र नम्बर(३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमलाई सम्मान प्रदान गरिन् ।
त्यस्तै, चौथो दिनको शुभारम्भ रक्तदान कार्यक्रमबाट भएको थियो । रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरू सहभागी भएका थिए ।

लगभग ३५० कर्मचारी सदस्यहरूको सहभागितामा वार्षिक दिवसको भव्य समापन भएको हो । कार्यक्रमको अध्यक्षता मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णकुमार यादवले गरेका थिए ।
विद्यालयको लागि एक दशकभन्दा बढी समयदेखि समर्पित रूपमा सेवा गरिरहेका ५५ जना शिक्षक र कर्मचारीलाई मोनाष्टिक स्कूलको यात्रामा उनीहरूको बहुमूल्य योगदानको कदर गर्दै प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
विद्यालयको वार्षिकोत्सव समारोह प्रतिभा, वातावरणीय चेतना र सामुदायिक सेवाको मिश्रणलाई समेटेर भ्व्यताका साथ समापन भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…