आज कमला नगरपालिकाको नगरसभा, मोटो सँख्यामा प्रहरी परिचालन
आज हुने नगरसभाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । नगरसभाको पुरानो तथ्याँक अनुसार सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएको घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइने जनाईएको छ ।

२०८० पुस १५ आइतबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको नगरसभा आज हुने भएको छ । पूर्व निर्धारित मिति अनुसार पुस १५ गते नगरसभाको मिति तय गरिएको थियो ।
नगरसभाको लागि मेय, उपमेयर, वडाध्यक्षहरुको सहमति भएको बताईएको छ । केही वडाध्यक्षहरु अझै रुष्ट रहेको बुझिएको छ । यद्यपी, बहुमत पुरयाएर नगरसभा गर्न लागिएको बताईएको छ ।
यसअघि समेत जनप्रतिनीधिहरुबीचकै आन्तरिक विवाद र बजेट बाँडफाँडमा सहमति जुटन नसकेपछि नगरसभा स्थगित भएको थियो । केही जनप्रतिनीधिले एकलौटी प्रदर्शनी गरेपछि विवाद हुँदै आएको थियो ।
आज हुने नगरसभाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । नगरसभाको पुरानो तथ्याँक अनुसार सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएको घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइने जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…