१६ किलो गाँजासहित सशस्त्र प्रहरी बल सिरहाले समाते मोटरसाईकल
प्रहरीको टोलीलाई देखेपछि गाँजा तस्करले प्रदेश २–०१–००२ प ४४५९ नम्बरको मोटरसाईकल छाडेर भागेको जनाईएको छ । मोटरसाईकल छाडी व्यक्ति फरार भएको हुँदा उक्त गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो ।

२०८० पुस १३ शुक्रबार, बेलुकी ५:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल सिरहाले १६ किलो लागुऔषध गाँजासहित मोटरसाईकल पक्राउ गरी कारवाहीको लागि बुझाएको छ ।
सशस्त्र प्रहरी बल सिरहाले लागुऔषध गाँजा लिएर भारततर्फ जाँदै गरेको सूचना पाएपछि गएको गस्ती टोलीले १६ किलो गाँजासहित मोटरसाईकल पक्राउ गरेको हो ।
गत मँगलबार राती करिब ८ः३० बजेको समयमा सिरहाको औरही गाउँपालिका वडा नं. ५ दोनबारीस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
प्रहरीको टोलीलाई देखेपछि गाँजा तस्करले प्रदेश २–०१–००२ प ४४५९ नम्बरको मोटरसाईकल छाडेर भागेको जनाईएको छ । मोटरसाईकल छाडी व्यक्ति फरार भएको हुँदा उक्त गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…