'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

२०८० पौष १२ बिहीबार
बिहान ०९:३६ बजे
ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्छन् ।

भ्रष्टाचारलाई रोक्नुपर्छ अनि मात्र विकास सम्भव छ । सबैलाई थाह हुँदाहुँदै किन सबै मौन छन् त रु के उनीहरु देश विकास भएको हेर्न चाहदैनन् रु  चाहन्छ भने के कुराले रोकेको छ रु हामी अहिले आधुनिक युगमा छौँ जहाँ हरेक कुरा आधुनिक तरिकाले तयार गरेको हुन्छन् । तर हाम्रो सोच चाँहि जस्ताको त्यस्तै छ । 

हामी गर्नलाई सब कुरा गर्छौं तर सहि सोच अपनाउन सक्दैनौं । जस्तै हरेक ठाउँमा सरसफाइ त हुन्छ तरपनि त्यो ठाउँ फोहरले भरिएको हुन्छ्न किन ? किनकि हामी सहि सोचका साथ सरसफाइ गरेको हुँदैनौं । सरसफाइ गर्दा त्यहाँ फोहर राख्ने व्यवस्था गर्दिनु पर्छ । 

सबै नागरिक जिम्मेवार नहुँदा जति सरसफाइ गरेपनि फोहरले नै भरेको हुन्छन् । सरसफाइ गरेर मात्र देश विकास सम्भव छैन । सबै कुरामा सबै नागरिक सहि सोचका साथ अगाडि बढनु पर्छ । सबैलाई अवसर दिनुपर्छ । सबभन्दा जरुरी राजनीतिमा शिक्षित युवालाई ल्याउनु पर्छ । 

यहाँ नपढेको मान्छे धाक हेराउँछ र पढेलेखेको युवा अरुको देशमा गएर दुस्ख गरेर आफ्नो खुसीको हत्या गरेर अरुलाई खुशी पारिरहेको हुन्छन् । के हामी यस्तै जीवन बिताउने हो त ? हाम्रो आउने पीढिलाई के जवाफ दिने ?  किन सबै चुप छन् ? के हामी आउने पीढिलाई खुशी हेर्न चाहदैनौं ?  यदि चाहन्छौं भने सहि सोच बनाउनु पर्छ र अगाडि बढनु पर्छ । सडक बनाएर र सरसफाइ गरेर देश विकास हुँदैन । 

देश विकासका लागि सबै कुरामा विकास हुनु पर्छ । देश विकासका लागि सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिनु पर्छ ।  आऔं अब सोच बदलौं र देश विकास तिर लागौं । सबैजना आ(आफ्नो क्षेत्रबाट योगदान दिएर सुन्दर र सक्षम देश बनाऔं ।  जिम्मेवार नागरिक भएर निस्वार्थ भई काम गरौं । सस्तो लोकप्रियता कमाउन तिर नलागेर देश विकासका लागि केही गर्नु पर्यो । सफलताको पछाडि नभाग्नुहोस । 

कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जिवन समर्पित गरिदिनुहोस । सफलता आफैं तपाईंको पाँऊ चुम्ने छ । सबै नागरिक इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुस् । सेवा निस्वार्थ भावनाले सफल हुन्छ । किनकी जहाँ स्वार्थ हुन्छ त्यहाँ सेवा हुँदैन र जहाँ सेवा हुन्छ त्यहाँ स्वार्थ हुदैन । आऔं सबैजना मिलेर सुन्दर शान्त देश बनाऔं ।


ईन्द्रजीत गोईत, नेविसंघका विद्यार्थी नेता हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus