महिलासँगै मिर्चैयाको ओखलढुङ्गे गिरी होटलमा गएका पुरुष मृत फेला, महिला पक्राउ
घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन ।

२०८० पुस ११ बुधबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक होटलमा महिलासँगै गएका पुरुष मृत अवस्थामा भेटिएका छन् ।
सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिब १२ बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।
पुरुष अचेत भएपछि महिलाले आत्तिँदै तल झरेर खबर गरेको होटलका सञ्चालक विजय यादवले बताए। उनले भने, ‘महिला आए लगत्तै हामी सवै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौँ, त्यहाँ पुगे लगत्तै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’
घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन ।
प्रहरीले मृतकको पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने बताउँदै अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…