जनकपुरः अरुको बैँक खाताबाट रकम निकालेर कमाउन कतार भागेका पासवान पक्राउ, नेपाल ल्याईदै
अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० पुस ९ सोमबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका(५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् ।
एनसीबी दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ सोमबार नेपाल ल्याइएको छ ।
पासमानलगायत व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकका एटिएम कार्डहरूमार्फत निकालेका थिए । अनुसन्धानको क्रममा पासवान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो ।
अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…