१६४ औँ वडामा बाल क्लब गठन गर्न समन्वय गर्छुः उपमेयर साह
ठित संजालको अध्यक्ष मनदिप महरा, उपाध्यक्ष दिपिका कुमारी यादव, सचिव सुभ्म सिंह, सह सचिव रंजना यादव, कोषाध्यक्ष अशियाना खातुनलाई चयन गरिएको छ भने सदस्यहरुमा आर्यन महासेठ, मनिष चौधरी, मो. तारिक सम्स, राहुल पासमान, सुमन यादव, राधा कुमारी मण्डल, पिंकी राम, राधिका यादव, पिंकी कुमारी सिंह, सुश्मा यादव लगायत चुनिएको बताइएको छ ।

२०८० पुस ६ शुक्रबार, बेलुकी ७:४४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकाकी उपमेयर बबिता कुमारी साहले बाल अधिकारलाई संरक्षण, प्रवद्र्धन तथा व्यवहारमा लागु गराउनका लागि सिरहाको १७ वटै स्थानीय तहका १ सय ६४ औं वडामा बाल क्लब गठन गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने बताएकी छन् ।
सिरहा जिल्ला स्तरीय बाल भेला २०८० को कार्यक्रममा बोल्दै उपमेयर साहले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । सामाजिक रुपान्तरणको मुल जरो बालबालिका रहेको हुनाले बालबालिकाको चौतर्फी विकास गर्न बाल क्लब गठन गरिनु अतिआवश्यक भएको उनले तर्क गरे । बाल क्लब गठन प्रक्रियामा सघाउ पु¥याउन सिरहाका सबै स्थानीय तहसँग आग्रह गरे ।
सोही क्रममा सिरहा जिल्ला बाल संजालले बनाउने रणनीतिमा जिल्ला प्रशासनले सहयोगकारी भुमिका निर्वाह गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । आजका बालबालिका भोलीका कर्णधार रहेको अर्थाउदै उनले बालबालिकाको विकासमा सबैले सहयोगकारी भुमिका खेल्नुपर्ने बताए ।
बाल क्लबहरुले गर्ने हरेक कार्यक्रममा जिल्ला प्रहरीको उपस्थिति रह्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक टेकुनन्द ईवा लिम्बुले बताए । जिल्ला बाल संजालले आउने दिनमा गर्ने हरेक रचनात्मक कार्यक्रमहरुमा सक्दो सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।
बालबालिका समाजको एक उर्जावान शक्ति भएको हुनाले यसलाई संरक्षण गर्दै सकारात्मक कार्यमा लगाउन सबैले समन्वयात्मक भुमिका निर्वाह गर्नुपर्ने प्रहरी उपरिक्षक लिम्बुले बताए ।
बालअधिकारलाई प्रचलनमा ल्याउनका लागि सिरहा नगरपालिकाको २२ वटै वडामा बाल क्लब गठन, संचालन र व्यवस्थापनमा जोड दिन प्रयास गर्ने उपप्रमुख बविता कुमारी साहले बताइन् ।
जिल्ला बाल भेलाका संयोजक नईम राईनको अध्यक्षतामा भएको उक्त भेलामा, जिल्ला समन्वय समितिकी सदस्य जानकी यादव,सिरहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सम्साद आलम, अधिकारकर्मी रेणु कर्ण, सप्तरी जिल्ला बाल संजालकी अध्यक्ष सलमा खातुन लगायतले बालअधिकारको संरक्षणसँग जोडेर आ–आफ्नो विचार व्यक्त गरे ।
बाल अधिकारलाई संरक्षण, प्रवद्र्धन र व्यवहारमा ल्याउन सहयोगकारी भुमिका निर्वाह निकाय तथा त्यसको प्रतिनिधिहरु जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक टेकुनन्द ईवा लिम्बु, वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबावु बुढाथोकी, मातृभुमि युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादव, सिरहा नगरपालिकाकी उपप्रमुख बविता कुमारी साह, समन्वय समिति सदस्य जानकी यादव, नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव लगायतलाई मायाको चिनो प्रदान गरियो ।
यसैगरी, जिल्ला बाल भेलाबाट २५ सदस्य जिल्ला बाल क्लब संजाल सिरहा गठन गरिएको छ ।
गठित संजालको अध्यक्ष मनदिप महरा, उपाध्यक्ष दिपिका कुमारी यादव, सचिव सुभ्म सिंह, सह सचिव रंजना यादव, कोषाध्यक्ष अशियाना खातुनलाई चयन गरिएको छ भने सदस्यहरुमा आर्यन महासेठ, मनिष चौधरी, मो। तारिक सम्स, राहुल पासमान, सुमन यादव, राधा कुमारी मण्डल, पिंकी राम, राधिका यादव, पिंकी कुमारी सिंह, सुश्मा यादव लगायत चुनिएको बताइएको छ ।
जिल्ला बाल भेला गर्न मुक्ति नेपाल, दलित जन कल्याण युवा क्लब, जागृति नेपाल, मातृभुमि युवा समाज नेपाल, समग्र जन उत्थान केन्द्र, ओरेक नेपाल, सवल नेपाल, आसमान नेपाल, लाईफ नेपाल, युथ फोर निडेड पिपुल, केयर नेपाल, प्रदेश युवा संजाल मधेश प्रदेश, इन्सेक, सामुदायिक सेवा केन्द्र, सुर्यनारायण सत्यनारायण यादव बहुमुखी क्याम्पस सिरहा लगायत जिल्लामा क्रियाशिल रहेको अन्य संस्थाहरुले सहयोग गरेको आयोजकले बताए ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…