जनमतबाट राष्ट्रिय सभाको लागि धनुषाका यादवको नाम सिफारिस
जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।

२०८० पुस ६ शुक्रबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सभाको लागि धनुषाबाट ईन्द्रजीत यादवको एकल सिफारिस गरेको छ ।
शुक्रबार जनमत पार्टी धनुषा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्जको अध्यक्षतामा बसेको बैठकवाट यादवलाई राष्ट्रियसभा उमेदवारका बनाउनको लागी सिफारिस गरेको हो ।
जनमत पार्टी केन्द्रिय सचिवालयमा सर्वसहमतिवाट यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरिएको जनाईएको छ ।
जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…