कमला नदी पुगेर रामसीताको मटकोर गराएका जगतगुरु शँकराचार्यलाई जनकपुरबाट भव्य विदाई
यस्तै, निम पिपल तुलसी भारतका संयोजक डा. धर्मेन्द्र कुमार , साहित्यकार लेखक अमिय भुषण , वडा अध्यक्षहरु ,पत्रकार, अभियानीहरुको मोटो उपस्थितिमा मटकोर गरिएको थियो ।

२०८० पुस ३ मंगलबार, दिउँसो १२:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानको आयोजनामा धनुषा र सिरहा जोडने ऐतिहासिक कमला नदीमा रामसीताको मटकोर गराएका जगतगुरु शँकाराचार्य अधोक्षजानन्दलाई विदाई गरिएको छ ।
रामसीता मटकोर गर्न विवाहपँचमी भर्न आएका शँकाराचार्य अधोक्षजानन्दले कमला नदी पुगेर रामसीताको मटकोर गराएका थिए । उनलाई सोमबार कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले विदाई गरेका हुन् ।
विवाहपँचमी महोत्सवमा कमला नदीमा मटकोर गर्न विगतकै बर्षदेखि हजारौँको सँख्यामा श्रद्धालुहरु आउन थालेका हुन् । सँयोजक विक्रम यादवको विशेष पहलमा भारतका प्रसिद्ध बाबा शँकाराचार्य अधोक्षजानन्द महाराजलाई प्रमुख अतिथि बनाउँदै मटकोर गराउन सफल भए ।
पुरानकालमा भगवान रामसीताको मटकोरको लागि कमला नदीबाट माटो लिएर जाने परम्परालाई सँयोजक यादवले पुनः उजागर गर्न सफल भएका हुन् । जनकपुरधामको अग्नीकुण्डबाट उठेको रामसीताको डोला रथमा सवार भई जनकपुरबाट कमला नगरपालिका वडा नं. ६ मडानघाट पुगेर कमलाको माटो लिएको थियो ।
कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवको अध्यक्षता तथा शँकाराचार्य अधोक्षाजानन्दको प्रमुख आतिथ्यमा भएको मटकोर कार्यक्रमको लागि हजारौँको सँख्यामा श्रद्धालु कमला नदी पुगेको थियो । यसलाई निरन्तरता दिनको लागि सँयोजक विक्रम यादवसँग स्थानीयहरुले आग्रह गरे ।
सो क्रममा मधेस प्रदेशकी पर्यटन मन्त्री सुनिता यादव, नेपाल सरकारका पुर्व मन्त्री सांसद शंकर भण्डारी, बिहार बिधान सभाका बिधायक छत्रपति यादव, भारत का प्रख्यात पाञ्चजन्यका संपादक हितेश शंकर , पुर्व सांसद दिनेश प्रसैला यादव ,राम औतार पासमान लगायतका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, सबैला नगरपालिकाका मेयर कारीराम यादव , शहिदनगर नगरपालिकाका मेयर दिनेश यादव , नगराईन नगरपालिकाका मेयर बिनय कुमार यादव लगायको विशेष उपस्थिति रहेको थियो ।
यस्तै, निम पिपल तुलसी भारतका संयोजक डा. धर्मेन्द्र कुमार , साहित्यकार लेखक अमिय भुषण , वडा अध्यक्षहरु ,पत्रकार, अभियानीहरुको मोटो उपस्थितिमा मटकोर गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…