शहिदनगरमा शिक्षिकाहरुले दिइन आन्दोलनको चेतावनी, नगरपालिका भन्छन्-'१६ शिक्षिकाको नियुक्ती नै फर्जी'
उनीहरुले १६ जना शिक्षिकाहरु बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगर प्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

२०८० पुस २ सोमबार, दिउँसो ३:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा आन्दोलनमा उत्रेकी बालबालिका कक्षाकी शिक्षिकाहरुलाई नगरपालिकाले फर्जी बताएको छ ।
शहिदनगर नगरपालिकाको शिक्षा शाखाले दिएको एक सूचिमा नगरपालिकामा १६ जना शिक्षिकाको कागजातहरु फर्जी रहेको बताएको छ । उनीहरुले फर्जी कागज पेश गरेकोले पुनः हाजिरी नगराएको शिक्षा शाखाका प्रमुख विश्वनाथ यादवले बताए ।
यादवका अनुसार, जिल्ला शिक्षा समन्वय ईकाई धनुषामा समेत १६ जनाको सत्यपान गरी पठाईदिन पटक पटक आग्रह गरेपनि वेवास्ता गर्दा उनीहरुलाई पुनस्थापन गर्न ढिलाई भएको बताए । नगरपालिकामा पेश भएको कागजातहरु फोटोकापी भएको र सक्कली ल्याउनको लागि पटक पटक आग्रह गर्दा पनि ल्याउन नसक्दा सेवासुविधा नदिएको बताए ।

सोही क्रममा नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले समेत पत्रकार सम्मेलन गरी दिईएको १६ जना शिक्षिकालाई बिना कागजपत्रकै अधारमा नियुक्ति गरिएको देखिँदा हटाईएको बताए । उनले पूर्व मेयरको पालामा आशिंक कागजातहरु मात्र पेश गरी नियुक्ती गरिएको देखिदा महालेखा परीक्षकको कार्यालयले बेरुजु गर्न थालेपछि उनीहरुलाई कागजात माग गरेको बताए ।
उनले भने, –“हामीले अरिजनल कागजात माग गरेका छौँ, दिरहेको छैनन्, हामीले शिक्षा कार्यालयबाट पनि सत्यपान गरी पठाईदिन भनेका छौँ, तर अझै कागजात यकिन गरी नपठाउँदा सेवासुविधा र स्थापना रोकिएको हो । यति मात्र हो ।”
.jpeg)
यता, शहिदनगरको पीडित शिक्षक कर्मचारी सँघर्ष समितिले आन्दोलनको चेतावनी दिएको छ । समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै केही शिक्षिकाहरुलाई पूर्वाग्रह रुपमा विद्यालयमा स्थापना गरेको र बाँकीलाई पूर्वाग्रह रुपले नै नराखेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
उनीहरुले १६ जना शिक्षिकाहरु बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगर प्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…