महोत्तरीको सोनमामा निःशुल्क शिविर, डा. अधिकारी सम्मानित
सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर यादवले शिविर आयोजना गर्ने सुयोग किलनिकका डा। जितेन्द्र अधिकारी यादव लाई गाउँपालिकाको तर्फबाट अध्यक्ष यादवले प्रशंसा पत्र प्रदान गरिएको छ । डाक्टरहरुलाई सम्मान सहित धन्यवाद ज्ञापन गरेका छ्न ।

२०८० पुस १ आइतबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ खैरबनीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्त्री तथा प्रसुती (नि–सन्तान) रोग विशेषज्ञ डा. जितेन्द्र अधिकारी यादव लगायतका टिमले निशुल्क स्वास्थ्य शिविर गराएका हुन् ।
सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर यादवले शिविर आयोजना गर्ने सुयोग किलनिकका डा. जितेन्द्र अधिकारी यादव लाई गाउँपालिकाको तर्फबाट अध्यक्ष यादवले प्रशंसा पत्र प्रदान गरिएको छ । डाक्टरहरुलाई सम्मान सहित धन्यवाद ज्ञापन गरेका छ्न ।
सोनमा गाउँपालिका वडा नम्बर ५ को खैरबनी स्वास्थ्य चौकिमा सुयोग क्लीनिकका स्वास्थ्यकर्मीहरुले सेवा स्थानीय विभिन्न किसिमका विरामीहरुलाई सेवा दिएका छ्न् ।
सोही क्रममा गाउँपालिबाट डा. अधिकारीलाई सम्मान गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरको लागि दिएको योग्दानको कदर गर्दै गाउँपालिका अध्यक्षले उनलाई सम्मान गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…