मुख्यमन्त्री चढेको गाडीमा जनताहरुले गरे आक्रमण
ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०८० मंसिर २६ मंगलबार, बेलुकी ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । मुख्यमन्त्री चढेको गाडीमा जनताहरुले आक्रमण गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको हो।
मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका(५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ ।
कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…