धनुषाको शहिदनगर धबौली स्कूलमा विगत एक सातादेखि बन्द, जनप्रतिनीधिलाई छैन मतलब
यस सन्दर्भमा शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले तालाबन्दी गरिएको सुनेको मात्र सुनाए । उनले किन र केको लागि तालाबन्दी गरेको बारे आफूलाई थाहा नभएको बताए । उनले कार्य व्यस्तता देखाउँदै बाहिरबाट नगर आएपछि यसको समाधान गरिने बताए ।

२०८० मंसिर २५ सोमबार, बेलुकी ६:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको एक समुदायिक विद्यालयमा विगत एक सातादेखि तालाबन्दी भएको छ ।
शहिदनगर नगरपालिकाको वडा नं. ७ धबौली यादवटोलस्थित रहेको रा.प्रा.वि. मा बालबालिका तर्फका कर्मचारीहरुले विगत एक सातादेखि तालाबन्दी गर्दा पठनपाठन अवरुद्ध भएको छ ।
शहिदनगर नगरपालिकाले नियम विपिरित दुई जनालाई मात्र हाजिरी गराएको भन्दै अन्य शिक्षक कर्मचारीहरु आन्दोलित भएका छन् ।
वालविकास शिक्षक, कर्मचारी मध्ये नगरप्रमुख र शिक्षा शाखा प्रमुखले पैसाको चलखेल गरी दुईजनालाई मात्र हाजिर गराइएको आरोप बालविकासकी शिक्षिका बिना यादवले बताईन् ।
उनले अन्यलाई थप दुःख दिन गरेको तथा दादागिरी गरेको विरुद्धमा विगत एक सातादेखि तालाबन्दी गरेको बताईन् । नगरपालिकाले समस्या समाधानको लागि चासो नदेखाएको भन्दै तालाबन्दी गर्नुपरेको बताएकी हुन् ।
यस सन्दर्भमा शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले तालाबन्दी गरिएको सुनेको मात्र सुनाए । उनले किन र केको लागि तालाबन्दी गरेको बारे आफूलाई थाहा नभएको बताए । उनले कार्य व्यस्तता देखाउँदै बाहिरबाट नगर आएपछि यसको समाधान गरिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…