कमला नगरपालिकामा माईती नेपालको सचेतना कार्यक्रम
कार्यक्रमको लागि जनकपुरधामस्थित रहेको मेदान्ता क्लीनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.ले १०० थान टी–सर्ट प्रदान गरी सहयोग गरेको थियो । क्लिनिकका चर्चित चिकित्सक डा. दिग्विजय ठाकुरले सो कार्यक्रमको लागि पहिरन व्यवस्थापन गरेका हुन् ।

२०८० मंसिर २५ सोमबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा १६ दिने लैँगिक हिँसा विरुद्धको सचेतना कार्यक्रम गरिएको छ ।
महिला क्षेत्रमा कार्यरत समाजिक सँस्था माईती नेपालको आयोजना तथा कमला नगरपालिकाको समन्वयमा कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित सचेतना कार्यक्रम गरिएको हो ।
जनहित माध्यमिका विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिकासहित माईती नेपालका प्रतिनीधिहरुले सँयुक्त रुपमा गाउँस्तरमा सचेतनामूलक कार्यक्रम गरेको हो ।
महिला हिँसा बन्द गर, छोरीलाई अनिवार्य विद्यालय पठाऔँ, लैँगिक समानता कायम गरौँ जस्ता नारा लगाउँदै महिला उपर हुने लैँगिक हिँसा विरुद्ध प्लेकार्ड बोकेर सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रमको लागि जनकपुरधामस्थित रहेको मेदान्ता क्लीनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.ले १०० थान टी–सर्ट प्रदान गरी सहयोग गरेको थियो । क्लिनिकका चर्चित चिकित्सक डा. दिग्विजय ठाकुरले सो कार्यक्रमको लागि पहिरन व्यवस्थापन गरेका हुन् ।
कार्यक्रम कमला नगरपालिकाको विभिन्न वडामा गरिएको माईती नेपाल धनुषाका कार्यक्रम सँयोजक पुरुषोत्तम यादवले जनाए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…