प्रहरीचौकी तिनकोरिया गिद्दाको आयोजनामा महिला हिँसा विरुद्धको रैली
रैलीको लागि स्थानीय सरकार, जानकी महिला जागरण समाज, सरोकारबाला कार्यालय, प्लान इन्टरनेश्नल, समुदायिक परिवार कल्याण सँघ, समाज विकास अनुसन्धान केन्द्रको समन्वयमा रैली गरिएको हो ।

२०८० मंसिर २४ आइतबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गतको प्रहरी चौकी तिनकोरिया गिद्धाको आयोजनामा महिला हिँसा विरुद्धको चेतनामूलक रैली गरेको छ ।
आईतबार बिहान प्रहरीचौकी गिद्धाको आयोजना तथा विभिन्न सरकारी, समाजिक सँस्थाहरुको समन्वयमा तिनकोरियाचोकदेखि बेलापट्टीसम्म महिलाहरुले चेतनामूलक रैली गरेको हो ।
विदेह नगरपालिका वडा नं. ५,६,७ र ८ मा कार्यरत विभिन्न सँघसँस्थाकी महिलाहरुले १६ दिने महिला हिँसा विरुद्धको अभियानलाई निरन्तरता दिएको हो ।
महिलाहरुले महिला हिँसाको सँकेत, महिला हिँसा, कानुन, दण्ड सजायको बारेमा चेतना फैलाएको हो ।
रैलीको लागि स्थानीय सरकार, जानकी महिला जागरण समाज, सरोकारबाला कार्यालय, प्लान इन्टरनेश्नल, समुदायिक परिवार कल्याण सँघ, समाज विकास अनुसन्धान केन्द्रको समन्वयमा रैली गरिएको हो ।
रैलीको त्रममा सहभागी महिलाहरुले “घरेलु हिँसा बन्द गरौँ, छोरीलाई स्कूल पठाउ, लैगिँक हिँसा बन्द गरौँ,” लगायतका नारासहितको प्लेकार्ड लिएर प्रदर्शन गरेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…