अपडेटः नालामा मृत भेटिएका युवकको अत्यधिक दारु खाएर मृत्यू
सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर रायले दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका वडा नम्बर ३ स्थित नालामा शौच गर्न गएको बेला उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागइले जानकारी दिए ।

२०८० मंसिर २२ शुक्रबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलामा नालामा मृत अवस्थामा भेटिएका युवकको अत्यधिक दारु (मदिरा) खाएर मृत्यू भएको भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।
सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर रायले दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका वडा नम्बर ३ स्थित नालामा शौच गर्न गएको बेला उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागइले जानकारी दिए ।
यसअघि कसैले हत्या गरी नालामा फालिदिएको हुन सक्ने अनुमान गरिएपनि उनको अत्यधिक मदिरा सेवनको कारण शरिर थेग्न नसकेपछि मृत्यू भएको जनाईएको छ ।
रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…