१६ दिने महिला हिँसा विरुद्धको अभियानमा शान्ती पुर्नस्थापना केन्द्र अग्रसर
विद्यालयका विद्यार्थीहरुलाई एकितृत गरी अभियानको बारेमा विस्तृत जानकारी गराउँदै महिला हिँसाका सँकेतहरुहरु, कारणहरु र कानुनी उपचारको बारेमा समेत जानकारी गराएको कर्णले जानकारी दिए ।

२०८० मंसिर २० बुधबार, बिहान ११:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको शान्ती पुर्नस्थापना केन्द्र नामक समाजिक सँस्थाले महिला हिँसा विरुद्धका १६ दिने अभियानलाई निरन्तरता दिएको छ ।
मँसिर ९ गतेदेखि नै सुरु भएको १६ दिने महिला हिँसा विरुद्धको अभियानलाई शनिबार जनकपुरको न्यू भिजन स्कूलमा रैली गरेको हो । विद्यालयमा चेतनामूलक कार्यक्रम गरी विद्यार्थीहरुमाझ महिला हिँसा र यसको कानुन बारे जानकारी गराएको हो ।
शान्ती पुर्नस्थापना केन्द्र धनुषाका निशिथ कर्णले १६ दिने महिला हिँसा विरुद्धको अभियानलाई सशक्त पार्नको लागि जिल्लाको विभिन्न स्थानमा अन्य विभिन्न कार्यक्रमहरु समेत गरिने बताए । उनले विद्यालयमा बालबालिकाहरुलाई समेत यसबारे जानकारी गराएको बताए ।
विद्यालयका विद्यार्थीहरुलाई एकितृत गरी अभियानको बारेमा विस्तृत जानकारी गराउँदै महिला हिँसाका सँकेतहरुहरु, कारणहरु र कानुनी उपचारको बारेमा समेत जानकारी गराएको कर्णले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…