सिरहाको माडर नाकाबाट लाखौँको तस्करी, अपाँग प्रयोग गरी प्रहरी दैनिक लिन्छन १२ सयदेखि २००० सम्म

२०८० मङ्सिर २० बुधबार
बिहान ०९:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । केही महिना अगाडी करोड बढीको कपडा काण्डमा सशस्त्र प्रहरीको सेट नै कारवाहीमा परेको घटना नसेलाउँदै सिरहाको माडर नाकाबाट तस्करीको लाईन पुनः खुल्ला गरिएको छ । 

सिरहाको माडर नाकाबाट दैनिक करोडौँको समान तस्करी गराउन बिओपी माडर र सिरहा प्रहरीले सेटिँग मिलाएका छन् । न्यूज ब्यूरोले प्राप्त गरेको प्रमाणको आधारमा सिरहाको माडर नाकाबाट हुने तस्करीको लागि बोर्डरमा रहेको सशस्त्र प्रहरी र भन्सार कार्यालयले लाईन खोलेका छन् । 

माडरमै रहेको भन्सार कार्यालयका कर्मचारी र बिओपी माडरले सँयुक्त रुपमा फरक क्षमता भएका व्यक्ति (अपाँग) लाई प्रयोग गरी लाखौँको तस्करीमा हजारौँ महिनबारी बुझ्ने गरेका छन् । 

बिओपी माडरका ईन्चार्ज राजु दाहाल, भन्सारका हाकिम रामराज प्रसाद चौरसिया र प्रहरी कार्यालय माडरका ईन्चार्ज सँजय तामाँग प्रथम चरणमा महिनबारी फिक्स गर्छन् । यी तीन निकायको हरियो झण्डीमा माडर भन्सारबाट समान निस्किन्छन् । 

रामराज प्रसाद चौरसिया

माडरबाट निस्केको समान सिरहा हुँदै सिरहा जिल्लाको विभिन्न स्थानमा पसल, गोदाममा पुरयाउनको लागि फरक क्षमताका व्यक्ति (अपाँग)लाई प्रयोग गरिन्छ । जसको लागि माडरबाट सिरहा पुगेपछि सिरहाको बजरँग चौकस्थित रहेको वडा प्रहरी (नगर प्रहरी) का ईन्चार्ज विश्ववावु बुढाथोकीले लाईन मिलाउँछन् । सिरहाको व्यापारीको मालको लागि ईन्चार्ज बुढाथोकीले १२०० रुपैयाँ चार्ज गरेको एक तस्करले नाम नै उल्लेख गरी बताए । 

सिरहाबाट माल छुटेपछि चोहर्बा हुँदै गोलबजार, मिर्चैयासम्म जाने गरेको छ । जसको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी एवम् ईन्चार्ज जीतेन्द्र बस्नेतले महिनबारी तोकेका छन् । मिर्चैयासम्म पुग्ने माल समानको लागि डिएसपी बस्नेतले समेत १२०० रुपैयाँ प्रति तस्कर पाउने गरेको छ । 

केही महिना अगाडी सशस्त्र प्रहरी र नेपाल प्रहरीकै केही अधिकारीहरु कारवाहीमा परेपछि केही दिन चिसिएको माडर बोर्डर अहिले पुनः तातिएको छ । अपाँगता भएका व्यक्तिहरुलाई सिरहाका व्यापारीहरुले प्रयोग गरी भन्सार छलीको समान ढुवानी गराउने गरिएका छन् । 

मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेत

अद्यौगिक र बजार क्षेत्र रहेको मिर्चैयासम्म जाने भन्सार छलीको समानको हरि झण्डी डिएसपी बस्नेतले दिएको पुष्टि समेत मँगलबार एक तस्करले खोलेका छन् । मँगलबार माडर नाकाबाट भन्सार छली गरी ल्याएको मैदा, चिनी, पसलका करिब ५० हजार बराबरको समानहरुलाई २५०० रुपैयाँकै भन्दै भन्सार समेत रहेको बताएपछि उनको मिलोमत्तो पुष्टि भएको हो । 

न्यूज ब्यूरोले माडर नाकाबाट निस्केपछि नै बाटोमै समान ओसार पोसार गर्ने व्यक्तिको भिडियो, समानको भिडियो बनाएपनि मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतले समान नै नरहेको बताएपछि तस्करीमा उनको सँलग्नता पुष्टि भएको हो । 

त्यसअघि सिरहाका वडा प्रहरी कार्यालयका ईन्चार्ज विश्व बुढाथोकीले जिल्ला प्रहरी कार्यालय अगाडीबाटै सिभिलमा स्कटिँग गरी सिरहा नगर कटाउने गरेका छन् । यसको लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई समेत वडा प्रहरी ईन्चार्ज बुढाथोकीले छली गर्ने गरेका छन् । 

सिरहा नगर प्रहरी ईन्चार्ज विश्ववाबु बुढाथोकी

सिरहाका व्यापारी अजय र मोहनको मालमा प्रहरीकै स्कटिँग
सिरहाका व्यापारी अजय र मोहनको माल समान पार गराउन बिओपीदेखि जिल्लास्तरका प्रहरीहरुले महिनबारी बुझ्ने गरेका छन् । मालसमान ढुवानी गर्ने व्यक्तिका अनुसार, आफूहरु भारतबाट ल्याउने कार्य मात्र गरेको तथा प्रहरीसँगको सेटिँग अजय र मोहनले आफैँ गरेको बताए । 

नाम नखोल्ने शर्तमा ती ढुवानी कर्ता (फरक क्षमताका व्यक्ति) ले माडरदेखि, सिरहा नगर प्रहरी, मिर्चैया प्रहरी, गोलबजार प्रहरीसम्मको भान्डा फोडे । अजय र मोहनले उल्लेखित नामका प्रहरीहरुलाई महिनबारी बुझाउने गरेका छन् । यसको भिडियो सबुत न्यूज ब्यूरोसँग सुरक्षित छ । 

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०८० मङ्सिर २० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus