न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको चर्चित विद्यालयमध्ये जनकपुरको मोनाष्टिक आवासीय विद्यालयले ग्रेजुएशन समारोह मनाएको छ ।
विद्यार्थीहरुलाई नयाँ यात्रा, अध्ययन अध्ययापन तर्फ केन्द्रीत गर्नको लागि मोनाष्टिक स्कूलले सो समारोह मनाएको हो । प्रि स्कूलदेखि सँचालनमा रहेको मोनाष्टिकमा प्रारम्भिक र आधारभूत शिक्षाको लागि नयाँ अभ्यास भन्दै ग्रेजुएशन समारोह मनाएको हो ।
सो क्रममा २३४ जना छात्रछात्राले मोनास्टिक प्रिस्कूल ग्रेजुएशन समारोहमा सहभागीता जनाउँदै आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्वपूर्ण कोसेढुङ्गाको रुपमा लिएका छन् ।
विद्यालयकी सँस्थापक वीणा देवी, प्रिन्सिपल/निर्देशक डा. शिखा नायक र प्रबन्ध निर्देशक सोनु कुमारको नेतृत्वमा भएको यस कार्यक्रममा प्रत्येक विद्यार्थीले योग्य प्रमाणपत्र प्राप्त समेत गरेको बताईएको छ ।
युवा स्नातकहरूले आफ्ना प्रतिभाहरू पनि प्रदर्शन गरेका थिए भने सांस्कृतिक नृत्यदेखि आकर्षक नाटक, कलाकौशलातासहितको भाषणलगायतका विविध मनोरञ्जनात्मक क्रियाकलाप भएको थियो ।
समारोहमा शैक्षिक उपलब्धिहरू मात्र नभई मोनास्टिक प्रिस्कूलमा गरिएका विविध सीप र रचनात्मकतामा पनि जोड दिएको थियो ।
धनुषाको तिनकोरियामा पनि सुनैना आँखा अस्पताल सँचालनमा
- २०८० मङ्सिर १८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका तिनकोरिया चोकस्थित आँखा अस्पताल सँचालनमा आएको छ । जनकपुरको कमदचोकस्थित सँचालनमा रहेको सुनैना आँखा अस्पतालको शाखाको रुपमा विदेह नगरपालिका वडा नम्बर ६ तिनकोरिया चोकस्थित
पूरा पढ्नुहोस्